+

एचपीभी खोप एक डोज नै काफी

२०८१ पुष  २५ गते २१:३७ २०८१ पुष २५ गते २१:३७
एचपीभी खोप एक डोज नै काफी

काठमाडौं । सरकारले गत वर्ष भदौमा किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ निःशुल्क  दियो । सातै प्रदेशका केन्द्रीय अस्पतालबाट १४ वर्ष पूरा भएका र १५ वर्ष नकटेका १० हजार किशोरीलाई एचपीभी खोप  दिइयो । त्यसबेला उक्त खोप दुई मात्रा दिइएको थियो ।

तर विश्व क्यान्सर दिवसको अवसर पारेर आगामी २२ माघदेखि सञ्चालन हुन लागेको देशव्यापी खोप अभियानमा भने एक डोज मात्रै दिइँदैछ ।

विश्व स्वास्थ्य संगठनले पाठेघर मुखको क्यान्सर विरुद्ध तीनवटा खोपलाई मान्यता दिएको छ, जसमध्ये नेपालमा दिन लागिएको खोप चीनमा बनेको सिकोलिन ब्राण्डको हो । गत भदौमा पनि सिकोलिन ब्राण्डको खोप दिइएको थियो ।

तर यसपटक किन खोपको डोज घटाइयो ?

बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख रहेका डा. अभियान गौतमले नयाँ अनुसन्धान, गाइडलाइन र खोप सल्लाहकार समितिको सुझावमा खोपको मात्रा घटाइएको बताए । ‘एक डोजले पनि पूर्ण रुपमा काम गर्ने अनुसन्धानले देखाएको छ,’ डा. गौतमले भने, ‘खोप लगाएपछि जो एन्टीबडी बन्नुपर्ने हो । त्यो एक डोज लगाए फरक नपर्ने देखियो ।’

यसपटकको अभियानमा कक्षा ६ देखि १० सम्मका छात्रासहित विद्यालय नजाने भए १० देखि १४ वर्ष उमेर समूहका किशोरी समेत गरी कुल १६ लाख ८८ हजार ७६८ जनाले खोप पाउनेछन् । त्यसका लागि गाभीबाट कुल १७ लाख ७० हजार २० भाइल खोप आउनेछ । हालसम्म पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप तीन चरण गरी १५ लाख भाइल आइसकेको छ । बाँकी दुई केही दिनभित्रै आइपुग्ने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन आगामी माघ २३ गतेबाट खोप अभियान सञ्चालन गर्दैछ । एचपीभी खोप अभियान १५ दिन (२३ माघ देखि ६ फागुन) सम्म चल्नेछ । १८ हजार ९०० विद्यालयलाई खोपका लागि केन्द्र तोकिएको छ । विद्यालय बाहेकका स्वास्थ्य संस्थामा ८ हजार केन्द्र तोकिएको छ ।

डा. गौतमले खोप अभियानमा २७ हजार ८० जना स्वास्थ्यकर्मी, ५४ हजार १६० जना स्वयंसेवक, १५ हजार ६७४ जना सुपरीवेक्षक परिचालन गरिने बताए । ‘माघदेखि विद्यालय तहमा गएर बालिका दिने योजना बनाएका छौं,’ गौतमले अनलाइनखबरसँग भने, ‘विद्यालय बाहिर भएका बालबालिकालाई पनि स्वास्थ्य संस्थाबाट खोप दिन्छौं ।’

एचपीभी भाइरस सरुवा भएकाले सजिलै फैलिन्छ । यो मुख्यतः छालाको सम्पर्कबाट सर्छ ।

चिकित्सकका अनुसार भाइरसको संक्रमणको प्रमुख कारण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, असुरिक्षत यौन सम्पर्क गर्ने, धेरै धुम्रपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिनु रहेका छन् ।

चिकित्सकका अनुसार ३० देखि ४५ वर्षसम्म पुग्दासम्म ८० प्रतिशत एचभीपीको संक्रमण भइसकेको हुन्छ । महिला र पुरुष एचपीभी भाइरससँग सम्पर्कमा आउनुअघि नै खोप पाउन सके त्यसले सबभन्दा राम्रो परिणाम दिन्छ । किनभने खोपले संक्रमण हुनबाट बचाउँछ । तर शरीरमा पहिला नै भाइरस बसिसकेको भए संक्रमणमुक्त भने बनाउन सक्दैन ।

एचपीभी विरुद्धको खोपले पाठेघर मुखको क्यान्सर, गुद्वारको क्यान्सर, घाँटी र जनेन्द्रियहरूको क्यान्सरबाट पनि बचाउँछ । चिकित्सकका अनुसार एचपीभी विरुद्ध खोप यौन सम्पर्क अगाडि लगाउन सके जीवनभर ९० प्रतिशत सुरक्षित राख्छ ।

एचपीभीबाट क्यान्सर भएकाहरूमा सुरुको अवस्थामा कुनै पनि लक्षण नदेखिन सक्ने भएका कारण खोप र नियमित स्क्रिनिङ गराउन आवश्यक पर्ने चिकित्सक बताउँछन् । सरकारले सहज रुपमा खोप उपलब्ध गराउन नसक्दा निजी संस्थाहरुले आफ्नै हिसाबमा खोप आयात गर्दै वितरण गर्दै आएका छन् । त्यसैले महिलाहरु उक्त खोपका लागि महंगो शुल्क तिर्न बाध्य छन् ।

एचपीभी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय