+

त्रिवि शिक्षण अस्पताल कार्यकारी निर्देशक नियुक्तिका लागि आवेदन माग

२०८१ माघ  ८ गते १७:४० २०८१ माघ ८ गते १७:४०
त्रिवि शिक्षण अस्पताल कार्यकारी निर्देशक नियुक्तिका लागि आवेदन माग

काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल)को रिक्त रहेको कार्यकारी निर्देशक पदमा नाम सिफारिसका लागि छनोट समितिले आवेदन माग गरेको छ । छनोट समितिले माघ १५ गतेसम्म आवेदन दिन भन्दै सार्वजनिक सूचना निकालेको छ ।

सूचना अनुसार इच्छुक उम्मेदवारले डिनको कार्यालयमा रहेको छनोट समितिको कार्यालयमा आवेदन पेश गर्नुपर्ने हुन्छ । कार्यकारी निर्देशकका लागि आवेदकले  व्यक्तिगत विवरणदेखि कार्यक्षमता प्रदर्शन गर्ने दक्षता र अनुभवका प्रमाणित आधारसम्म पेश गर्नुपर्ने उल्लेख छ ।

अस्पताल तथा विभिन्न विशिष्टीकृत चिकित्सा केन्द्रलाई सञ्चालन गर्न आवश्यक पर्ने विशिष्टीकृत व्यावसायिक दक्षता, समस्या समाधान, जनशक्ति व्यवस्थापन, प्रशासनिक (सामान्य तथा आर्थिक प्रशासन) सञ्चालन सम्बन्धी, प्राविधिक तथा व्यवस्थापकीय नेतृत्व गर्न सक्ने कार्यक्षमता प्रदर्शन गर्ने दक्षता र अनूभवका प्रमाणित आधार पेश गर्न समितिले भनेको छ ।

यसैगरी विनियम १२ (३) को खण्ड (घ) मा तोकिएबमोजिम अनुसन्धान कार्य, स्तरीकृत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित लेख तथा स्तरीकृत भएका पुस्तकहरु, पाठ्यक्रम विकास, प्रविधि विकास तथा प्रतिलिपि अधिकार सम्बन्धी प्रमाणित सामाग्री पेश गर्नुपर्नेछ ।

यस्तै अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कोषबाट सञ्चालित अनुसन्धान परियोजनाहरुको नेतृत्व तथा कोष वृद्धि र राष्ट्रिय अन्तर्राष्ट्रिय सहकार्यसम्बन्धी अनुभवका कागजात, विश्वविद्यालयको योजनाअनुरुप केन्द्रको उन्नयन तथा उत्थानका लागि एक हजारदेखि दुई हजार शब्दसम्मको रणनीतिक कार्ययोजना र विश्वविद्यालय सम्बन्धित अध्ययन संस्थान वा संकाय वा अस्पतालसँग स्वार्थ बाझिने गरी विभिन्न निजी शैक्षिक संस्थामा सम्बन्धित व्यक्तिको लगानी नभएको, नगरेको र निजी स्वास्थ्य संस्थाका कुनै पनि सेवामा संलग्न नभएको स्वघोषणा कागजात पेश गर्नुपर्ने हुन्छ ।

अस्पताल विकास तथा व्यवस्थापन क्षेत्रमा योगदान गरेको अन्य कुनै प्रमाण भएमा समावेश गर्ने र  प्राध्यापक वा ह प्राध्यापक वा उपप्राध्यापकको नियुक्ति तथा विश्वविद्यालयमा काम गरेको पूरा अनुभव वर्ष खुल्ने प्रमाणित कागजात पेश गर्नुपर्ने छनोट समितिले जनाएको छ ।

कार्यकारी निर्देशक त्रिवि शिक्षण अस्पताल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय