+
+

भाडाको विषयमा विवाद हुँदा बसको ढोकाबाट खसेर महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ८ गते २०:०२

८ माघ, गुल्मी । गुल्मीमा बसको ढोकाबाट खसेर एक यात्रुको मृत्यु भएको छ । भाडाको विषयमा झगडा भएपछि इस्मा गाउँपालिका वडा नम्बर ५ रातामाटाकी ३९ वर्षीया शान्ती कुमाल ढोकाबाट खसेकी थिइन् ।

उनको उपचारका क्रममा गुल्मी अस्पतालमा मृतयु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिए ।

गुल्मीको तम्घास-छल्दी-सिमलटारी सडकखण्ड अन्तर्गतको धनार्जीमा बुटवलदेखि तम्घास हुँदै अर्खबाङ्ग जाँदै गरेको लु १ ख ५७३६ नम्बरको बसमा मृतक महिलासँग बसका सहचालकको विवाद भएको थियो ।

सामान्य विवाद झगडा हुँदा बस गुड्ने क्रममा ती महिना ढोकामा झुन्डिन पुगेका थिइन् ।

चलिरहेको बसको ढोकामा झुन्डिँदा उनी सडकमा खसेको प्रहरीले बताएको छ । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?