स्वस्थ र तन्दुरुस्त रहन खाना खानु जरुरी हुन्छ । यसले शरीरलाई ऊर्जा र काम गर्ने शक्ति दिन्छ । आजको व्यस्त जीवनमा मानिससँग बसेर राम्रोसँग खाना खाने समय पनि हुँदैन । त्यसैले मानिसको खाने शैली परिवर्तन भएको छ ।
कोही मानिस दिनमा धेरै पटक थोरै मात्रामा खाना खान्छन् भने कोही एकै पटक धेरै खाना खान रुचाउँछन् । यस्तो अवस्थामा खाना खाने कुन तरिका (थोरै थोरै बारम्बार वा एक पटकमा धेरै) कुन बढी स्वास्थकर भन्ने प्रश्न उठ्छ ।
थोरै र बारम्बार खानुका फाइदा
वजन नियन्त्रण हुन्छ
कम तर बारम्बार खानाले शरीरको मेटाबोलिजम सधैं सक्रिय रहन्छ । बारम्बार खानाले शरीरलाई पचाउन कम समय मिल्छ, जसले गर्दा ऊर्जाको स्तर यथावत् रहन्छ र मेटाबोलिजम पनि सक्रिय रहन्छ । यसले गर्दा क्यालोरी पनि राम्रोसँग बर्न हुन्छ र तौल पनि कम हुन्छ ।
ब्लड सुगर नियन्त्रण
कम खाना खाँदा अचानक रगतमा चिनीको मात्रा बढ्दैन । त्यसैले यो मधुमेह रोगीका लागि लाभदायक हुन्छ ।
राम्रो पाचन
थोरै र बारम्बार खाना खाँदा शरीरको पाचन प्रणालीलाई राहत मिल्छ । जसले खाना राम्रोसँग पचाउन सक्छ । यसले गर्दा मेटाबोलिजम पनि बलियो रहन्छ र शरीर पनि सक्रिय रहन्छ ।
धेरै खानबाट बचिन्छ
बारम्बार थोरै खाना खाँदा भोक नियन्त्रणमा रहन्छ । यसले धेरै खानबाट जोगाउँछ र मोटोपन जस्ता समस्या उत्पन्न हुन्छन् । यो विधि तब मात्र फाइदाजनक हुन्छ, जब केवल स्वस्थ खानालाई आहारमा समावेश गरिन्छ ।
एकैपटक पेटभरि खाना खानुका फाइदा
एकैपटक भर पेट खाना खाने मानिसहरू दिनमा दुई वा तीन पटक खाना खान्छन् । दिनभर काम गर्ने व्यक्तिले प्रायः यो विधि अपनाउने गर्छन्, ताकि उनीहरूको शरीरमा ऊर्जा कायम रहन र समयको पनि बचत हुन्छ । एकैचोटि धेरै खाने मानिसले बारम्बार खानेकुरा खाँदैनन्, जसले गर्दा उनीहरूको पाचन प्रणालीलाई खाना पचाउन बढी समय मिल्छ र पेट पनि स्वस्थ रहन्छ ।
एकैपटक अत्यधिक खानेकुरा खानुको बेफाइदा
– एकैचोटि धेरै खाना खाँदा पाचन प्रणालीमा दबाब पर्छ । कब्जियत र अपच जस्ता समस्या हुनसक्छ ।
– एकैपटक धेरै खाएपछि रगतमा चिनीको मात्रा अचानक बढ्न सक्छ । जसले एकै पटक धेरै खाना खान्छ, उसको तौल छिटो बढ्छ ।
एकपटकमा भरपेट वा कम खाना कुन तरिका राम्रो ?
कम खाना तर धेरै पटक खाने तरिका लाभदायक हो । यदि तौल घटाउन चाहने हो भने थोरै खाना खाएर भोक र क्यालोरी दुवै नियन्त्रण गर्न सकिन्छ । थोरै खानाले मेटाबोलिजम बढाउँछ, जसले क्यालोरी जलाउँछ । जसकारण रगतमा चिनीको मात्रा पनि नियन्त्रणमा रहन्छ । त्यसैले यसरी खाना खाने मानिस बढी स्वस्थ र तन्दुरुस्त रहन्छन् ।
प्रतिक्रिया 4