+
सभापति कप फुटबल :

सभापति कप : पुलिसविरूद्ध पुनरागमन जितसहित आयोजक सेमिफाइनलमा

२०८१ माघ  १२ गते २२:१९ २०८१ माघ १२ गते २२:१९
सभापति कप : पुलिसविरूद्ध पुनरागमन जितसहित आयोजक सेमिफाइनलमा

१२ माघ, काठमाडौं । नेपाल पुलिस क्लबविरूद्ध पुनरागमन जित निकाल्दै आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको टोली सभापति कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शनिबार भएको खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै विभागीय टोलीलाई २-१ ले पराजित गरेको हो ।

सुजन मगरले २९औं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा बागमती प्रदेशको टोली खेलमा फर्कियो । ५७औं मिनेटमा अमित तामाङले आयोजक टिमका लागि पेनाल्टीमार्फत बराबरी गोल फर्काए ।

त्यसपछि खेलको इन्जुरी समयको पाँचौं मिनेटमा विदेशी खेलाडी अकिनिस काई बाफाउरले गोल गर्दै बागमतीलाई जित दिलाएका हुन् ।

बागमतीले अब आइतबार हुने एनआरटी र फ्रेण्ड्स क्लबबीचको विजेतासँग सेमिफाइनल खेल्नेछ ।

सभापति कप फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय