+

जय नेपाल कप टी-२० क्रिकेटको सेमिफाइनल समीकरण पूरा

२०८१ माघ  १३ गते २०:३२ २०८१ माघ १३ गते २०:३२
जय नेपाल कप टी-२० क्रिकेटको सेमिफाइनल समीकरण पूरा

१३ माघ, काठमाडौं । काठमाडौंमा जारी जय नेपाल कप अन्तर विश्वविद्यालय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको खेलपछि सेमिफाइनल समीकरण पूरा भएको हो ।

आइतबार विहान भएको समूह ए को खेलमा भारतको बाबासाहेब भीम राव अम्बेडकर बिहार विश्वविद्यालयलाई हराउँदै बंगलादेशको ढाका विश्वविद्यालयले सेमिफाइनलमा स्थान बनाएको छ ।

बिहारले दिएको १२८ रनको लक्ष्य ढाकाले १७औं ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । महफिजुल इस्लामले अविजित ७५ रन बनाए । मोहमम्द आशिकुरले ३४ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बिहारले २० ओभरमा अलआउट हुँदै १२७ रन बनाएको थियो । विशाल राजले सर्वाधिक ४२ रन बनाएका थिए । ढाकाका मोहिदुन तारेक र एफ्तिखार होसेनले २-२ विकेट लिए ।

सोही समूहबाट नेपालको त्रिभुवन विश्वविद्यालय पनि सेमिफाइनलमा पुगेको छ । समूह बी बाट नेपालको मध्यपश्चिम र भारतको लखनउ विश्वविद्यालयले सेमिफाइनलमा स्थान बनाएका छन् ।

सोमबारै हुने दुवै सेमिफाइनलमा ढाकाले लखनउ विश्वविद्यालयसँग तथा मध्यपश्चिमले त्रिभुवन विश्वविद्यालयसँग खेल्ने छ। फाइनल खेल मंगलबार हुनेछ।

जय नेपाल कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय