+
+

रास्वपाको अवरोधबीच सभामुखले अघि बढाए संसद्को कार्यसूची

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १८ गते १३:३९

१८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधकाबीच सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकको कार्यसूची अघि बढाएका छन् ।

रास्वपाले हिउँदे अधिवेशन सुरु हुनासाथ आकस्मिक समय मागेर अवरोध गरिरहेको छ । उनीहरूले बैठकको सुरुमै आफूहरूले आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै अवरोध गरिरहेका हुन् ।

आजको कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट आएका पत्रहरू सदनलाई जानकारी गराउने, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत दलका प्रमुख नेताहरूले सम्बोधन गर्नेलगायतका कार्यसूची छ ।

बैठकको प्रारम्भमै बोल्नका लागि आकस्मिक समय माग गर्दै रास्वपाले अवरोध गरेको हो । सभामुख घिमिरले दलगत रूपमा बोल्नका लागि समय छुट्याइएको जानकारी दिँदै सभा सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए ।

सभामुखले नियमावलीको दफा १५ को व्यवस्था १ को व्यवस्थाअनुसार तर अघिल्लो बैठक र प्रारम्भ हुन लागेको बैठकबीचको कुनै गम्भीर विषयबारे सरकारको ध्यानाकर्षण गराउन ढ्यापढ्याप गरेर पनि सभामुखसमक्ष समय माग गर्न सक्ने तर, अहिले त्यस्तो अवस्था नरहेको जानकारी गराएका थिए ।

यस्तै, नियमावलीको दफा २० को घ मा रहेको व्यवस्थाअनुसार सभामुखले समय दिएपछि मात्र बोल्ने विषयमा पनि ध्यानकर्षण गराउँछ

सभामुखले पदअनुकुल आचरण अनुकुल काम गरेको छैन भन्ने प्रस्तावमाथिको बाहेक सभामुखको आचरणमाथि टिप्पणी गर्न नपाइने जानकारी गराएका थिए ।

सभामुखले आजै बसेको कार्य व्यवस्था समितिको छलफलमा पनि विशेष समय माग्ने विषयका कुनै छलफल नभएको भन्दै सभामुखले पटकपटक रास्वपा सांसदहरूलाई बस्नका लागि आग्रह गरेका थिए ।

तर, रास्वपा सांसद्हरु नबसेपछि यद्यपि सभामुख घिमिरेले बैठकका कार्यसूची अघि बढाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?