+
+

ग्लोबल आईएमई बैंकले एनएफपीजेका सदस्यलाई क्यामेरा किन्न कर्जा दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २४ गते १८:१६

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपीजे) का सदस्यहरुलाई क्यामरा खरिदको लागि विना धितो कर्जा उपलब्ध गराउने भएको छ ।

सम्झौता पत्रमा बैंकका हेड ट्रान्जेक्सन बैंकिङ विभागका प्रमुख प्रकाश पौडेल र एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्तले हस्ताक्षर गरेका छन् ।

बैंकले क्यामेरा खरिदका लागि २ लाखदेखि ५ लाख रुपैयाँसम्म विना धितो कर्जा प्रवाह गर्ने समझदारी भएको छ ।

बैंकले फोटो पत्रकारहरूलाई क्यामेरा खरिद गर्न ६ महिनादेखि १८ महिनासम्म सरल किस्ताबन्दी सुविधा सहित कर्जा उपलब्ध गराउने छ ।

कर्जाका लागि फोटो पत्रकारहरूले आवश्यक कागजात र आवेदन फारमसहित एनएफपीजेको सिफारिसमा कर्जाका लागि बैंकमा सम्पर्क गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?