+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अध्यादेशबाट देश चलाउने कुरा निरंकुशताको प्रस्थानविन्दु : शेखर कोइराला

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २८ गते १७:१९
फाइल तस्वीर

२८ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अध्यादेशबाट देश चलाउने कुरा निरंकुशताको प्रस्थानविन्दु भएको टिप्पणी गरेका छन् । सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

नेपाली कांग्रेसको संस्कार अध्यादेशबाट देश चलाउने नभएको भन्दै उनले लोकतन्त्रमा सकेसम्म संसद्‌बाट नै ऐन, कानुन बनाउनुपर्ने जिकिर गरे ।

‘अध्यादेशबाट देश चल्ने भनेको निरंकुशताको प्रस्थानविन्दु हो । हुनतः नेपाली कांग्रेस र एमालेको सरकार बन्नुपर्छ भनेर भन्ने पहिलो व्यक्ति म नै हो । ओलीजीसँग दुई चार राउण्ड कुरा गरिसकेको थिएँ, त्यसपछि भनेको हो,’ उनले भने ।

दुई तिहाईको सरकारलाई अध्यादेशको जरुरी नरहेको बताउँदै उनले गलतलाई गलत भन्न नसक्ने हो भने कांग्रेसको औचित्य सकिने बताएका छन् ।

‘अहिले के भइरहेको छ भने अध्यादेशबाट देश चलाउने कल्चर नै होइन, नेपाली कांग्रेसको । डेमोक्रेसीमा भरसक हामीले संसद्बाटै नियम, कानुन, ऐनहरु बनाइकन अगाडि जानुपर्ने हुन्छ । हामीले संसद्लाई छलेर जान खोज्यौँ भने काम लाग्दैन । दुई तिहाई बहुमत छ, छल्नुपर्ने जरुरत नै छैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?