+
+
Shares

पर्यटन बोर्डले ‘फोटो नेपाल प्रदर्शनी’ पुनः थाल्ने, कर्णाली नदी प्रदर्शनीमा

यो शृङ्खला विशेष बनाउँदै नवीन बरालका ‘कर्णाली नदी’ नामक तस्वीर प्रदर्शनीमा राखिने भएको छ । १ र २ फागुनमा यस्ता तस्वीर पर्यटन बोर्डमा अवलोकन गर्न सकिने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३० गते १३:५५

३० माघ, काठमाडौं । नेपाल पर्यटन बोर्डले ‘फोटो नेपाल प्रदर्शनी’ शृङ्खला पुनः सुरु गर्ने भएको छ । सन् २०१६ मा यस्तो शृङ्खला सुरु गरिएको थियो ।

जसमा नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदालाई फोटोग्राफी मार्फत उजागर गर्ने गरिन्छ । यो शृङ्खला विशेष बनाउँदै नवीन बरालका ‘कर्णाली नदी’ नामक तस्वीर प्रदर्शनीमा राखिने भएको छ । १ र २ फागुनमा यस्ता तस्वीर पर्यटन बोर्डमा अवलोकन गर्न सकिने छ ।

प्रदर्शनमा राखिने तस्वीर ४५ दिनमा तय गरिएको १ हजार ८० किलोमिटर लामो साहसिक यात्रामार्फत कर्णाली नदीको अद्भूत सौन्दर्यलाई कैद गरिएको बोर्डले जनाएको छ ।

चीनको तिब्बती पठारबाट सुरु भएर नेपालको मनोरम भूभाग हुँदै प्रवेश गर्ने यस नदीको यात्रा प्राकृतिक, सांस्कृतिक तथा पर्यावरणीय महत्त्वका दृष्टिले महत्त्वपूर्ण रहेको समेत बोर्डले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?