 
																			२ फागुन, काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा देशकै उत्कृष्ट स्थानीय सरकारको रुपमा डडेल्धुुराको अमरगढी नगरपालिका भएको छ ।
१७ वटा विभिन्न सूचक राखेर १०० पूर्णाङ्कमा अमरगढीले ७५३ स्थानीय सरकारमध्ये सबैभन्दा धेरै ८१.७ अंक ल्याएको हो ।
यस्तै नगरपालिकातर्फ र समग्रमा पनि अमरगढी नगरपालिकापछि इलामको सुर्योदय नगरपालिकाले उच्च अंङ्क हासिल गरेको छ ।सुर्योदयले ८०.२ अंक ल्याएको हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा गाउँपालिकातर्फ स्याङ्जाको कालिगण्डकी गाउँपालिका र धादिङको नेत्रावती डवजोङ गाउँपालिकाले समान अङ्क ल्याएर ७८.२ प्राप्त गरी गाउँपालिकातर्फ उत्कृष्ट भएका छन् ।
आयोगले हरेक वर्ष गर्ने प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4