+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

एमाले निकट कर्मचारी संगठनको महाधिवेशनस्थलमा नाराबाजी

प्रतिनिधिहरुले छिटो नेतृत्व चयन प्रक्रिया अघि बढाउन माग गर्दै नाराबाजी गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २ गते २१:१३
निर्वाचनबाट नयाँ कार्यसिमिति चुन्ने कि सहमतिबाट भन्नेमा विवाद हुँदा महाधिवेशन एक दिन लम्बिइसकेको छ ।

२ फागुन, काठमाडौं । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनमा विवाद बढेपछि नयाँ कार्यसमिति चुन्ने प्रक्रिया अझै सुरु हुन सकेको छैन ।

सहमतिमा नेतृत्व चुन्ने कि निर्वाचनबाट भन्नेमा विवाद चर्किएकाले निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार प्रक्रिया अघि नबढेको हो ।

आयोगले आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारले दरखास्त दिने समय तोकेको थियो । तर यो समाचार तयार पार्दासम्म (बेलुका ९ बजेसम्म) पनि उम्मेदवारी दर्ता भएको छैन ।

संगठनको अध्यक्षमा रेवन्त गौतम र भवानी दाहालले दाबी गरेका छन् । गौतम समर्थकहरु निर्वाचनबाट र दाहाल समर्थकहरु सहमतिबाट नेतृत्व चुन्नुपर्ने पक्षमा छन् । यो विषयमा सहमति नजुट्दा फागुन १ गते नै सम्पन्न गर्ने भनिएको १२ औं महाधिवेशन आजसम्म पनि सकिएको छैन ।

विवादका कारण महाधिवेशन लम्बिएकाले आजबाट बबरमहलको कार्की ब्यांक्वेटमा भेला भएर नयाँ कार्यसमिति चयनको प्रयास भइरहेको छ । प्रतिनिधिहरुले छिटो निर्वाचन गर्न माग गर्दै नाराबाजी गरेका छन् ।

‘हामी दार्चुलादेखि ताप्लेजुङसम्मका कर्मचारीहरु काठमाडौंमा भेला भएका छौं,’ एक प्रतिनिधिले भने, ‘तर नयाँ कार्यसमिति चयनमा विलम्ब हुँदा कार्यस्थल फर्किन ढिला भयो, काठमाडौंमा बस्दा खर्च पनि बढ्यो ।’

नेपाल निजामती कर्मचारी संगठनको १२ औं महाधिवेशन माघ ३० गतेदेखि राष्ट्रिय सभागृहमा उद्घाटन भएको थियो । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन समारोहलाई सम्बोधन गर्ने क्रममा सहमतिमा नेतृत्व चुन्न भनेका थिए ।

तर महाधिवेशनमा सहभागी ७ सय बढी प्रतिनिधिहरु सहमतिको पक्ष र विपक्षमा विभक्त भएपछि विवाद बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?