+

अन्तर्राष्ट्रिय महिला फुटबलका लागि नेपाली टोली तयार

२०८१ फागुन  ४ गते १६:३२ २०८१ फागुन ४ गते १६:३२

नेपालले सोमबार आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग खेल्दैछ । खेल दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ ।त्यसअघि दिउँसो २ बजे म्यानमार र लेबनानबीच हुनेछ ।

अन्तर्राष्ट्रिय महिला फुटबलका लागि नेपाली टोली तयार

४ फागुन, काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सोमबारदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता (ईन्टरनेशनल वुमन्स च्याम्पियनसिप) सुरु हुँदैछ । प्रतियोगिताका लागि नेपाली टोलीको तयारी पूरा भएको प्रशिक्षक र कप्तानले बताएका छन् ।

नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सबै तयारी सकिएको बताए। ‘लगभग सबै तयारी सकिएको छ । बाहिरबाट आउने एन्जिला र रेखा आइसकेकी छन् । साम्बा (सावित्रा भण्डारी) भोलि बिहानसम्म आईपुग्छ। अब भोलिको लागि तयारी हुँदैछ।’ आइतबार भएको प्रि-म्याच कन्फ्रेरेन्समा प्रशिक्षक तामाङले भने ।

यस्तै कप्तान एन्जिला तुम्बापो सुब्बाले यो प्रतियोगिता नेपालको लागि राम्रो अवसर भएको बताए । ‘एन्फालाई धन्यवाद यो प्रतियोगिता आयोजनाका लगि । हाम्रो लागि यो ठूलो अवसर हो। उनले भनिन्, ‘साफ लगत्तै अर्को प्रतियोगिता खेल्न पाएका छौं। हाम्रो लागि र समर्थकको लागि राम्रो हो ।’

कप्तान एन्जिलाले टिमवर्क राम्रो रहेकोले बोलेर भन्दा पनि राम्रो खेल्नुपर्ने बताइन् । ‘हाम्रो तयारी राम्रो छ । विपओी टिमहरु पनि बलियो छ । जित्छौं ‍भनेर भन्ने भन्दा पनि मैदानमा प्रमाणित गर्नुपर्छ ।’

नेपालले सोमबार आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग खेल्दैछ । खेल दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ ।त्यसअघि दिउँसो २ बजे म्यानमार र लेबनानबीच हुनेछ ।

प्रशिक्षक तामाङले नेपालले यसअघि कीर्गिस्तानसँग ६ वर्ष अघि खेलेको खेल जितेपनि अहिले टिम परिवर्तन भएको बताए।  ‘कीर्गिस्तानसँग ६ वर्षअघि खेलमा नेपाल ८-२ ले विजयी भएकोथियो । त्यसपछि खेलेको छैन । कीर्गिस्तानले अहिले खेल्ने फुटबल फरक छ । उनीहरुले सुधार गरेका छन् । हामीले राम्रो योजना बनाएर खृल्नुपर्छ । उनीहरु काउन्टर अट्याकमा खेल्छ त्यसमा हामीले ध्यान दिनुपर्छ ।’

हाम्रो तयारी राम्रो छ । विपओी टिमहरु पनि बलियो छ । जित्छौं ‍भनेर भन्ने भन्दा पनि मैदानमा प्रमाणित गर्नुपर्छ ।-एन्जिला तुम्बापो सुब्बा, कप्तान, नेपाली महिला फुटबल टीम

प्रशिक्षक तामाङले म्यानमार र लेबनान पनि राम्रो टिम रहेको बताए ।लेवनानिँग गत वर्ष वाफ च्याम्पियनसिपाा नेपाल वपजयी भएको थियो । तर, म्यानमारसँग भने नेपालले ३ खेल खेल्दा जित्न सकेको छैन ।यसपटक घरेलु मैदानमा घरेलु दर्शक माझ उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा नेपाल रहेको छ।

अहिले महिला लिग भएकोले खेलाडीहरु सबै फिट रहनु राम्रो भएको प्रशिक्षक तामाङको भनाइ छ । कप्तान एन्जिलाले यसअघि भएका गल्ती कमजोरीहरु सुधार गर्दै राम्रो प्रदर्शन गर्ने बताइन् ।

यसैगरी म्यानमार, लेबनान र कीर्गिस्तानका प्रशिक्षक र कप्तानले यश प्रतियोगिता खेल्न पाउँदा खुशी लागेको र राम्रो प्रदर्शन गर्ने बताए । यस्तै यश प्रतियोगितालाई आसन्न एसियन वुमन्स कप क्वालिफायरको तयारीको रुपमा लिएको बताए ।

फिफा अन्तर्राष्ट्रिय विन्डोको अवसर पारे पारेर एन्फाले म्यानमार, लेवनान र किर्गिस्तानलाई बोलाएर चार देशको प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा सहभागि टिममध्ये म्यानमार वरियतामा सबैभन्दा माथि छ ।

म्यानमार फिफा वरीयताको ५५ औं स्थानमा छ । त्यसपछि नेपाल १०३, किर्गिस्तान १२८ र लेबनान १३४औँ स्थानमा छन् ।

अन्तर्राष्ट्रिय महिला फुटबल ईन्टरनेशनल वुमन्स च्याम्पियनसिप एन्जिला तुम्बापो सुब्बा नेपाली टोली राजेन्द्र तामाङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय