+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रकृति लम्साललाई न्याय माग्दै पुल्चोक क्याम्पसमा विरोध र्‍याली र हस्ताक्षर संकलन

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ६ गते १७:१८

६ फागुन, काठमाडौं । भारतको उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा मृत भेटिएकी प्रकृति लम्सालका लागि न्यायको माग गर्दै पुल्चोक क्याम्पसका विद्यार्थीले विरोध र्‍यालीसँगै हस्ताक्षर संकलन गरेका छन्।

नेपाल विद्यार्थी संघ (नेविसंघ) पुल्चोकले आयोजना गरेको विरोध र्‍यालीमा क्याम्पसका विद्यार्थीहरु सहभागी भएका हुन् ।

पुल्चोक क्याम्पसबाट सुरु गरी लबिम मल हुँदै हरिहर भवनबाट पुन: पुल्चोक क्याम्पस डिन कार्यलयमा आएर र्‍याली सकिएको थियो। त्यसपछि विद्यार्थीले क्याम्पस गेटमा हस्ताक्षर संकलन गरेका हुन् ।

पुल्चोकका विद्यार्थीले ‘प्रकृतिलाई न्याय दे ’, ‘जस्टिस फर प्रकृति’, ‘निष्पक्ष छानबिन गर’ लगायतका प्लाकार्डसहित दबाबमूलक प्रदर्शन गरेका थिए ।

‘प्रकृति लम्सालले न्याय पाऊन् र यस्तो घटना फेरि कहिल्यै नदोहोरियोस् भन्नका लागि हामीले विरोध प्रदर्शन गरेका हौं! ‘ नेविसंघ पुल्चोक क्याम्पसका इकाई सभापति विक्रम भण्डारीले भने । उनले अन्य विद्यार्थीहरूले पनि आफूहरु प्रकृतिको न्यायको लागि उपस्थित भएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?