+
+
Shares

राप्रपा नेपालले बोलायो कार्यसम्पादन बैठक

राप्रपा नेपालले आगामी १९ फागुनमा पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बोलाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १६ गते १६:३५

१६ फागुन, काठमाडौं । राप्रपा नेपालले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । पार्टी अध्यक्ष कमल थापाले आगामी १९ फागुन सोमबारका लागि राप्रपा नेपालले पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बोलाएका हुन् ।

पार्टीका महामन्त्री राजाराम बर्तौलाले बैठकका अनुसार बैठकमा मुलुकको पछिल्लो समय विकसित घटनाक्रम, आन्दोलन, पार्टीका विभिन्न कार्यक्रमको तयारी, महाधिवेशन र संगठन सुदृढीकरणका बारेमा छलफल हुनेछ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको सन्देश र सहयोग गर्न गरिएको आह्वानलाई अत्यन्तै महत्वका साथ बैठकमा छलफल हुने पनि उनले बताए ।

पूर्वराजाको सन्देशपश्चात् पार्टी अध्यक्ष थापाले राजाको आह्वानलाई साथ दिँदै सबै राजावादी, हिन्दूवादी र संघीयता विरोधी एक भएर आन्दोलनमा जान ढिलाइ गर्न नहुने अभिव्यक्ति दिइरहेको सन्दर्भमा यस विषयमा बैठकमा गहन छलफल हुने महामन्त्री बर्तौलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?