+
+
Shares

एनसेलले ल्यायो ‘म्याजिक रिसोर्सेस’ बोनस अफर, ८ जीबीसम्म बोनस डेटा पाइने

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १६ गते २०:२७

काठमाडौं । एनसेलले ग्राहकका लागि अब कुनै पनि प्याक किन्दा निःशुल्क बोनस रिसोर्स—डेटा, भ्वाइस वा एसएमएस प्राप्त गर्न सक्ने गरी अफर ल्याएको छ ।

‘म्याजिक रिसोर्सेस’ बोनस अफर अन्तर्गत, ग्राहकले रिन्युअल प्याक तथा अन्य प्रडक्ट खरिद गर्दा ८ जीबीसम्म डेटा वा २ सय मिनेटसम्म अन–नेट टक टाइम बोनसका रूपमा प्राप्त गर्न सक्नेछन् ।

यो अफर बिहीबार (१५ फागुन) देखि लागु भएको छ । अनलिमिटेड सेवा र झन्झटरहित मोबाइल कनेक्टिभिटी सुनिश्चित गर्ने सधैं अन रिन्युअल प्याक हालैमात्र सञ्चालनमा ल्याएपछि एनसेलले यो बोनस अफर ल्याएको जनाएको छ । यो बोनस अफर एस्ट्रिक्स१२३ह्यास डायल गरी प्याक खरिद गर्ने ग्राहकका लागि मात्र मान्य हुनेछ ।

म्याजिक रिसोर्सेस बोनस अफर अन्तर्गत सधैं अन रिन्युअल प्याक, होम एन्ड अवे प्याक, अनलिमिटेड भ्वाइस, अनलिमिटेड डेटा लगायत १५ विभिन्न प्याक खरिद गर्ने ग्राहकले बोनस सुविधा प्राप्त गर्न सक्नेछन् ।

उदाहरणका लागि ७ सय ९९ रुपैयाँको होम एन्ड अवे रिन्युअल प्याक लिने ग्राहकले प्याकमा पाइने २८ दिनको समयावधि भएको मुख्य सेवा ६५ जीबी डेटाबाहेक ८ जीबी डेटा वा २ सय मिनेट अन–नेट टक टाइम वा २ सय मिनेट अन–नेट एसएमएस बोनस प्राप्त गर्दछन् ।

यस अफर अन्तर्गत समावेश सधैं अन रिन्युअल प्याकमा प्याक अनुसार ग्राहकले ५ जीबीदेखि ७.५ जीबीसम्म डेटा वा २० मिनेटदेखि ८० मिनेटसम्म अन–नेट टक टाइम वा १० देखि २ सय अन–नेट एसएमएस बोनसका रूपमा पाउँछन् ।

त्यसैगरी सात दिन समयसीमा रहेको २ सय मिनेटको कम्बो प्याकमा ग्राहकले प्याकमा समावेश रहेको ५० मिनेट टक टाइम र अनलिमिटेड डेटासँगै बोनस बापत २ जीबी डेटा वा ५० मिनेट अन–नेट टक टाइम वा १० अन–नेट एसएमएस प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै ४ सय ९९ रुपैयाँको अनलिमिटेड भ्वाइस रिन्युअल प्याकमा ग्राहकले ५ जीबी डेटा वा १ सय मिनेट अल नेट टक टाइम वा १ सय मिनेट अन–नेट एसएमएस बोनस प्राप्त गर्न सक्ने एनसेलले जनाएको छ ।

बोनस स्वरूप पाइने यी सेवा सुविधाले ग्राहकको अनुभव वृद्धि गर्नुका साथै हरेक सेवा खरिदमा ग्राहकलाई थप लाभ मिल्ने विश्वास एनसेलको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?