
१८ फागुन, काठमाडौं। अनलाइन सपिङ गन्तव्य दराज नेपालले निकै प्रतीक्षित ‘३.३ मार्च म्याडनेस क्याम्पेन’ घोषणा गरेको छ ।
ग्राहकले यो क्याम्पेन अन्तर्गत ६० प्रतिशतसम्मको छुट, निःशुल्क डेलिभरी र ५० लाख रुपैयाँ बराबर भौचर प्राप्त गर्न सक्ने छन् ।
१९ देखि २३ फागुनसम्म चल्ने यस क्याम्पेनले ग्राहकलाई किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।
क्याम्पेन अवधिभरि दराजका ग्राहकले फ्ल्यास सेलमार्फत दैनिक आकर्षक छुटको लाभ लिन सक्नेछन् । यस अन्तर्गत ग्राहकले सिताफिल, अइविबी, डा. केयर लगायत ब्रान्डमा ६० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।
सीमित अवधिका लागिमात्र उपलब्ध हुने यी अफर हरेक दिन अपडेट गरिने कम्पनीले जनाएको छ । तसर्थ, ग्राहकलाई दराज एपको ‘फ्ल्यास सेल’ सेक्सन नियमित जाँच गर्न कम्पनीले आग्रह गरेको छ ।
त्यसैगरी बेस्ट प्राइस ग्यारेन्टी, बीपीजी कार्यक्रम अन्तर्गत ग्राहकले थप आकर्षक अफरको अनुभव प्राप्त गर्न सक्ने छन् । यस कार्यक्रम अन्तर्गत यदि कुनै ग्राहकले नेपालकै अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन दराजमा दिइएको भन्दा सस्तो मूल्यमा फेला पारे भने दराजले मूल्यअन्तरको दोब्बर रकम फिर्ता गर्ने दराजको भनाइ छ । तर, यसका लागि दाबी भने योग्यता र मापदण्ड अनुरूप हुनुपर्ने छ ।
दराजका अनुसार ३.३ क्याम्पेनको अर्को प्रमुख आकर्षणका रूपमा निःशुल्क डेलिभरी सुविधा छ । यस अन्तर्गत ग्राहकले कम्तीमा ४ सय ९९ रुपैयाँको खरिद गर्दा चुनिएका विक्रेताबाट निःशुल्क डेलिभरी सुविधा प्राप्त गर्ने छन् । निःशुल्क डेलिभरी भौचर प्राप्त गर्न, दाराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी निर्धारित पृष्ठमा जान सकिने छ ।
३.३ क्याम्पेन छुट र बचतका लागिमात्र नभई, उपभोक्तालाई उत्कृष्ट अनलाइन किनमेल अनुभव प्रदान गर्ने उद्देश्यसाथ आयोजना गरिँदै आइरहेको दराजले जनाएको छ ।
क्याम्पेन अन्तर्गत स्वास्थ्य तथा सौन्दर्य, फेसन, अडियो तथा वेयरेबल्स, फर्निचर, घर सजावट लगायत उत्पादनमा अविश्वसनीय अफर उपलब्ध रहने कम्पनीको भनाइ छ ।
प्रतिक्रिया 4