२२ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले साँघुरो जित निकालेको छ । गएराति भएको प्रि-क्वाटरफाइनलको पहिलो लेगमा फ्रेन्च क्लब पिएसजीलाई उसकै मैदानमा लिभरपुलले १-० गोलअन्तरले हराएको हो ।
लिभरपुलको जितमा खेलको अन्तिम समयमा हार्भे एलियटले गरेको एकमात्र गोल निर्णायक बन्यो । एलियटले ८७औं मिनेटमा डार्विन नुनेजको पासमा गोल गर्दै लिभरपुललाई जित खिलाए ।
लिभरपुलले खेलभर पिएसजीको पोस्टमा आक्रमण गर्न सकेको थिएन । पिएसजीले भने नियमित अन्तरालमा गोलको अवसर पाएपनि सदुपयोग गर्न सकेन ।
गएराति नै भएका अन्य खेलमा बायर्न म्युनिखले जर्मन प्रतिद्वन्द्वी लेभरकुसनलाई ३-० अन्तरले हराउँदा इन्टर मिलानले फेयेनोर्डलाई २-० ले हरायो ।
 
                    










 २०८१ फागुन  २२ गते ७:४६
                        २०८१ फागुन  २२ गते ७:४६                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4