+
+
Shares

पब्लिक युथ क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया स्थगित

उम्मेदवार मनोनयन दर्ताको दिन आज सूचना प्रकाशित गरेर निर्वाचन प्रक्रिया स्थगित गरेको जानकारी गराइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २७ गते १४:२०

२७ फागुन, काठमाडौं । पब्लिक युथ क्याम्पसमा स्ववियु निर्वाचनको प्रक्रिया स्थगित भएको छ ।

उम्मेदवार मनोनयन दर्ताको दिन (आज) सूचना प्रकाशित गरेर निर्वाचन प्रक्रिया स्थगित गरेको जानकारी गराइएको हो ।

निर्वाचन अधिकृत राजभाइ मानन्धरले विज्ञप्ति निकाले असामान्य परिस्थितिका कारणले निर्वाचन प्रक्रिया रोकेको जानकारी गराए ।

अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन प्रक्रिया रोकिएको मानन्धरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आज २ बजेसम्मका लागि उम्मेदवार मनोनयन दर्ताका लागि समय तोकिएको थियो । स्ववियु निर्वाचनका लागि ५ चैतका लागि समय निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?