+

राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा डा. तिवारी, गजेन्द्रनारायण सिंह अस्पतालको मेसुमा डा. साह

२०८१ चैत  १ गते १९:२२ २०८१ चैत १ गते १९:२२
राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा डा. तिवारी, गजेन्द्रनारायण सिंह अस्पतालको मेसुमा डा. साह

१ चैत, काठमाडौँ। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा. श्रीराम तिवारी नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. श्रीराम तिवारीलाई क्षयरोग केन्द्रको निर्देशकको जिम्मेवारी दिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए ।

डा. तिवारी सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट थिए ।

यसअघि क्षयरोग केन्द्रको निर्देशक रहेका डा‍. प्रज्वल श्रेष्ठको भने वीर अस्पतालमै फिर्ता भएका छन् ।

डा. बुढाथोकीका अनुसार गजेन्द्रनारायण सिंह अस्पतालको मेसुको जिम्मेवारी डा.प्रकाशप्रसाद साहलाई दिइएको छ। उनी यसअघि बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका मेसु थिए ।

स्वास्थ्य सरुवा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय