३ चैत, काठमाडौं । नेपाल सुपर लिग टोली झापा एफसीले नेपाल सुपर लिग २०२५ को लागि हिमालयन बैंकलाई आफ्नो आधिकारिक बैंकिङ साझेदारको रूपमा घोषणा गरेको छ।
यो साझेदारीले क्लबको वित्तीय तथा सञ्चालन पक्षलाई थप मजबुत बनाउने र झापाले उच्चस्तरको प्रतिस्पर्धाको लागि तयारी गर्न अझ बलियो हुने क्लबको विश्वास छ ।
‘हामी हिमालयन बैंकलाई हाम्रो आधिकारिक बैंकिङ साझेदारको रूपमा स्वागत गर्न पाउँदा निकै हर्षित छौं। यस बैंकको विश्वास र समर्थनले हाम्रो क्लबलाई अझ मजबुत बनाउनेछ’ क्लबले भनेको छ, ‘साथै यस साझेदारीले वित्तीय व्यवस्थापनलाई व्यवस्थित बनाउँदै हाम्रो ध्यान खेलमा केन्द्रित गर्न मद्दत गर्नेछ।’
हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले झापा एफसीसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।
‘नेपालमा फुटबलको विकासका लागि हाम्रो संस्थाले निरन्तर योगदान गर्दै आएको छ र यो साझेदारीले खेलाडीहरूलाई अझ राम्रो अवसर प्रदान गर्नेछ। हामी झापा एफसीलाई नेपाल सुपर लिग २०२५ मा सफलताको शुभकामना व्यक्त गर्न चाहन्छौं’ उनले भनेका छन् ।
 
                    










 २०८१ चैत  ३ गते १६:४८
                        २०८१ चैत  ३ गते १६:४८                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4