+
+
Shares

इलाममा नेपाली चिया र चीनको सम्बन्धबारे चर्चा

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३ गते १९:३३

३ चैत, इलाम । नेपालस्थित चिनियाँ राजदूतावासका उच्च अधिकारीहरूको टोलीले इलाममा पुगी ऐतिहासिक चिया बगान तथा चिया उद्योगको अवलोकन गरेको छ।

टी एलायन्स अफ नेपाल र इलाम नगरपालिकाको सहकार्यमा भएको भ्रमणका क्रममा आइतबार चिनियाँ दूतावासका अधिकारिहरूले अवलोकन आएका हुन् ।

नगर प्रमुख केदार थापाले पाहुनलाई स्वागत गर्दै नेपाल-चीन सम्बन्धमा चियाको योगदानबारे प्रकाश पारे । ‘नेपाल र चीनबीचको सम्बन्ध सांस्कृतिक, ऐतिहासिक तथा व्यापारिक रूपमा घनिष्ठ रहँदै आएको छ’ थापाले भने, ‘विशेष गरी चियाले दुई देशबीच आत्मीय सम्बन्धलाई थप प्रगाढ बनाएको छ।’

थापाले नेपालमा चिया खेतीको सुरुवात झन्डै १५० वर्षअघि चिनियाँ चिया बीउबाट नै भएको स्मरण गरे ।

टी एलायन्स अफ नेपालका प्रतिनिधिहरूले नेपाल-चीनबीच चिया व्यवसायलाई प्रवर्द्धन गर्न सहकार्यलाई अझ बलियो बनाउने प्रतिवद्धता व्यक्त गरे।

उनीहरूले सन् २०२४ डिसेम्बरमा चीन सरकारको वाणिज्य मन्त्रालय तथा झाङझोउ कलेज अफ साइन्स एन्ड टेक्नोलोजीले आयोजना गरेको चिया सम्बन्धी विशेष तालिमको प्रभावबारे पनि जानकारी गराए। नेपाली चिया व्यवसायीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने उद्देश्यसहित गरिएको सो तालिमले व्यावसायिक उन्नतिमा सहयोग पुर्‍याएको उल्लेख गरियो।

टी एलायन्स अफ नेपालले चियाको स्वाद परीक्षण (टी टेस्टीङ) कार्यक्रमको आयोजना गरी अतिथिहरूलाई विभिन्न प्रकारहरू नेपाली चिया पिलाएको थियो ।

इलाम उद्योग वाणिज्य संघका अध्यक्षले टी एलायन्स अफ नेपाललाई सफलतापूर्वक अगाडि बढाएकोमा बधाई दिँदै यस्ता भ्रमणले नेपाली चियाको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

इलामको ऐतिहासिक चिया उद्योगको अवलोकन गर्दै दुई देशबीच कृषि तथा व्यापारिक सम्बन्ध विस्तारका सम्भावनाहरू थप पहिचान गर्ने प्रतिवद्धता व्यक्त गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?