+

१७औं धर्मश्री विजेताले ११ केजीको ट्रफी पाउने

२०८१ चैत  ४ गते १२:२२ २०८१ चैत ४ गते १२:२२
१७औं धर्मश्री विजेताले ११ केजीको ट्रफी पाउने

४ चैत, काठमाडौं । १७औं धर्मश्री शारीरिक सुगठनले विजेताले पाउने ट्रफी सार्वजनिक भएको छ । आयोजक नेपाल व्यायम मन्दिरले सोमबार अन्तिम तयारीबारे पत्रकार सम्मेलन गर्दै धर्मश्री विजेताले पाउने ट्रफी सार्वजनिक गरेको हो ।

विजेताले पाउने ट्रफी ११ केजीको रहेको आयोजकले जनाएको छ । धर्मश्री प्रतियोगिताको मुख्य विधाको रुपमा रहेको पुरूष बडिबल्डिङको विजेता धर्मश्री घोषित हुनेछ ।

यस्तै विजेताले नगद १२ लाख पुरस्कार पनि पाउनेछन् । कूल पुरस्कार राशी ५२ लाख ६० हजार रहेको छ । नेपालको बडिबिल्डिङ इतिहासमै यो सबैभन्दा धेरै पुरस्कार राशी रहेको आयोजकले जनाएको छ ।

काठमाडौं महानगरपालिकाले नगद ५० लाख मुख्य प्रायोजन बापत दिएको नेपाल व्यायम मन्दिरका अध्यक्ष नारायण प्रधानले बताए ।

२०५० देखि सुरु भएको धर्मश्री शारीरिक सुगठनमा हालसम्मका विजेताहरूमा रविनसन शाक्य, सागर ताम्राकार, लालबहादुर गुरुङ, जिवन गिरी, नरेश महर्जन, हरिष श्रेष्ठ, सानु गुरुङ, लोकेन्द्र परियार, महेश्वर महर्जन, अर्जुन वर्णवाल, मिलन विक्रम सिजापति र उमेश राई छन् ।

धर्मश्री शारीरिक सुगठन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय