७ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन सार्वजनिक अपिल गरेको छ । अहिले मन्त्रालय आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणको तयारीमा जुटेको छ । यस क्रममा नागरिकका साथै सरोकारवाला सबैको सुझाव लिन सार्वजनिक आह्वान गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बजेट तर्जुमा गर्दा सरोकार राख्ने सबै क्षेत्रबाट सुझाव संकलन गर्ने व्यवस्था गर्न भनेका थिए । सहज माध्यमबाट नागरिकका सुझाव ग्रहण गरी बजेट तर्जुमामा ती सुझाव समेट्न निर्देशन दिएका थिए ।
सोही अनुसार मन्त्रालयले वेबसाइटमा सूचना प्रकाशित गरी अनलाइन फारममार्फत सुझाव दिन सकिने व्यवस्था मिलाइएको प्रवक्ता बुढाथोकीले बताए ।
मन्त्रालयका स्वास्थ्य सम्बन्धी कार्यक्रममा सुझाव दिन चाहने सबैले सुझाव दिन सक्ने उनको भनाइ छ । मन्त्रालयले बजेट सिलिङका आधारमा प्राथमिकताका क्षेत्र निर्धारण गर्न सरोकारवालासँग छलफल तथा अन्तर्क्रिया गर्दै आइरहेको प्रवक्ता बुढाथोकीले जानकारी दिए ।
 
                    










 २०८१ चैत  ७ गते १३:१८
                        २०८१ चैत  ७ गते १३:१८                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                         
                         
                         
                         
                         
                         
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4