११ चैत, काठमाडौं । भारतमा जारी १८औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत आज एक खेल हुँदैछ ।
आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सबीच खेल हुनेछ । खेल बेलुकी पौने ८ बजेदेखि एसिए भिडिसिए क्रिकेट रंगशाला विशाखापट्नममा सुरु हुनेछ ।
दिल्ली र लखनउ दुवै टोली यसपटक नयाँ कप्तानका साथ खेल्दै छन् । अक्षर पटेल दिल्लीको कप्तान छन् भने यसअघि दिल्लीको कप्तान रहेका रिषभ पन्त यसपटक लखनउमा छन् ।
दुवै टोलीले हालसम्म आईपीएलको उपाधि जितेका छैनन् । लखनउ सन् २०२२ मा भित्रिएको नयाँ फ्रेन्चाइज हो ।
 
                    










 २०८१ चैत  ११ गते ८:११
                        २०८१ चैत  ११ गते ८:११                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4