+

न्याम्सको पाँचौ दीक्षान्त समारोह सम्पन्न, यी हुन् दीक्षित हुने विद्यार्थीहरू(सूची)

२०८१ चैत  ११ गते १७:४३ २०८१ चैत ११ गते १७:४३
न्याम्सको पाँचौ दीक्षान्त समारोह सम्पन्न, यी हुन् दीक्षित हुने विद्यार्थीहरू(सूची)

११ फागुन, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)ले पाचौँ दीक्षान्त समारोह सम्पन्न गरेको छ । आज काठमाडौंमा दीक्षान्त समारोह आयोजना गरी स्नातक र स्नातकोत्तर तह उतीर्ण गर्ने विद्यार्थीलाई दीक्षित गरिएको हो ।

समारोहमा २०८० असार/साउन देखि २०८१ वैशाख/जेठ सम्म स्नातकोत्तर र स्नातक तह उतीर्ण गर्ने चिकित्सक, स्वास्थ्यकर्मी दीक्षित भएका हुन् ।

पाचौँ दीक्षान्त समारोहमा चिकित्सक, स्वास्थ्यकर्मीको संख्या २६३ रहेको न्याम्सले जानकारी दिएको छ ।

न्याम्सका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा उपस्थितिमा हुने भनिए पनि उनी उपस्थित भएनन् । सहउपकूलपति रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा समारोह सम्पन्न भयो ।

मन्त्री पौडेलले उतीर्ण विद्यार्थीहरूलाई प्रतिज्ञा गराएका थिए ।

२३ वर्षअघि स्थापना भएको न्याम्सले हाल वीर अस्पतालसहित २४ आंगिक अस्पतालमा आफ्ना शैक्षिक कार्यक्रम सञ्भमलन गर्दै आएको छ ।

अहिले न्याम्समा डीएम एमसिएच १६, एमडी/एमडीएस/एमएस अन्तर्गत १९ सिट अध्यापन हुँदै आएको छ।

त्यसैगरी नर्सिङ स्नातकमा ४ विषय र नर्सिङ स्नातकोत्तरमा ६ विषय पढाइ हुने गरेको छ ।

मेडिकल एमेजिङ टेक्नोलोजीमा एउटा स्नातक र स्नातकोत्तर कार्यक्रम सञ्चालन हुँदै आएको छ । अप्टोमेट्री एण्ड भिजन साइन्स र अडियोजोली एण्ड स्पीच ल्यांग्वेजमा स्नातक कार्यक्रम र एनेस्थेसिया सहायक कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

चिकित्सातर्फ २३ र नर्सिङ शिक्षामा २ फेलोसिप कार्यक्रम सञ्चालन गर्दे आएको छ ।

पाचौँ दीक्षान्त समारोहमा दीक्षित हुने न्याम्सका विद्यार्थीको सूची 

न्याम्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय