+
आईपीएल २०२५ :

हाइ स्कोरिङ खेलमा पञ्जाबले गुजरातलाई हरायो

२०८१ चैत  १२ गते २३:४९ २०८१ चैत १२ गते २३:४९
हाइ स्कोरिङ खेलमा पञ्जाबले गुजरातलाई हरायो

१२ चैत, काठमाडौं । पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग क्रिकेटमा विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा पञ्जाबले गुजरातलाई ११ रनले हराएको हो ।

पन्जाबले दिएको २४४ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर २३२ रन मात्र बनायो । साइ सुदर्शन र जस बट्लरले अर्धशतक बनाएपनि पर्याप्त हुन सकेन ।

एक समय जित सम्भव देखिएको अवस्थामा इम्प्याक्ट शबको रूपमा आएका पञ्जाबका विजयकुमार वाइसाकले शानदार स्पेल गर्दै टिमलाई खेलमा फर्काएका थिए ।

साइ सुदर्शनले ७४ रन बनाए । त्यस्तै बट्लरले ५४ रन बनाउँदा शेरफान रदरफोर्डले ४६ रन बनाए । कप्तान शुभमन गिलले ३३ रन बनाए ।

पञ्जाबका लागि अर्शदीप सिंहले २ विकेट लिँदा ग्लेन म्याक्सवेल, मार्को यानसेनले १-१ विकेट लिए ।

त्यसअघि नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर २४३ रन बनाएको थियो ।

पन्जाबका लागि कप्तान श्रेयस अय्यरले ९७ रनको अविजित पारी खेले । उनले ९ छक्का र ५ चौका प्रहार गरे । शशांक सिंह ४४ रनमा अविजित रहे । ‌ओपनर प्रियांश आर्याले ४७ रनको पारी खेले ।

गुजरातका लागि आर साइ किशोरले ३ विकेट लिए भने राशिद खान र कगिसो रबाडाले १-१ विकेट लिए ।

आईपीएल क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय