१४ चैत, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पनि एक खेल हुँदैछ । प्रतियोगिताको सातौं खेलमा आज सनराइजर्स हैदराबाद र लखनउ सुपर जायन्ट्स खेल्ने छन् ।
खेल बेलुकी पौने ८ बजेदेखि हैदराबादस्थित राजिव गान्धी क्रिकेट रंगशालामा हुनेछ । हैदराबादका कप्तान प्याट कमिन्स छन् भने लखनउको कप्तानमा रिषभ पन्त छन् ।
हैदराबादले पहिलो खेलमा विस्फोटक ब्याटिङ प्रदर्शन गर्दै राजस्थानमाथि फराकिलो जित निकालेको थियो । लखनउ भने दिल्लीसँग जितको नजिक पुगेर पराजित भएको थियो ।
हैदराबाद घरेलु मैदानमा लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ भने लखनउ पहिलो जितको खोजीमा हुनेछ ।
हालसम्म अंकतालिकामा २ अंकसहित हैदराबाद नेट रनरेटका आधारमा शीर्षमा छ भने बेंगलुरु दोस्रो, पञ्जाब तेस्रो, चेन्नई चौथो, दिल्ली पाँचौं र कोलकाता छैटौं स्थानमा छ ।
प्रतिक्रिया 4