+
+
Shares

प्रत्यक्ष निर्वाचित राष्ट्रपति नै समृद्धिको उपाय : डा. भट्टराई

संविधानले राजनीतिक अधिकार स्थापित गरे पनि वर्तमान शासकीय स्वरूपले अपेक्षाअनुसार काम गर्न नसकेको पूर्वप्रधानमन्त्री भट्टराईको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १४ गते १४:०८

१४ चैत, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीले मात्रै अहिले देखिएका समस्या समाधान गर्न सक्ने बताएका छन् ।

जनताको सर्वोच्च थलो संविधानसभाबाट नयाँ संविधान जारी भएयता पटकपटक जनता असन्तुष्ट देखिएको भन्दै उनले असन्तुष्टिको समाधान प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा रहेको बताए ।

बिहीबार दाङको घोराहीमा आयोजित कार्यक्रममा उनले शासकीय स्वरूपमा रहेको विकृति अन्त्य गर्न ढिलो–चाँडो सबै दल एकठाउँमा उभिनै पर्ने बताएका हुन् ।

संविधानले राजनीतिक अधिकार स्थापित गरे पनि वर्तमान शासकीय स्वरूपले अपेक्षाअनुसार काम गर्न नसकेको उनको भनाइ छ ।

‘२०७२ को संविधानले राजनीतिक अधिकार त दियो तर, आर्थिक विकासका मुद्दा अघि बढाउन सकेन,’ पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘त्यसैले जनतामा बढेको निराशा अन्त्य गर्न केन्द्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र पूर्ण समानुपातिक प्रत्यक्ष संसद् र प्रदेश सभा बनाउनुपर्छ ।’

भट्टराईले त्यसरी निर्वाचित हुने राष्ट्रपति र मुख्यमन्त्रीले विज्ञहरूलाई लिएर मन्त्रिपरिषद् गठन गर्ने र त्यसले भ्रष्टाचार अन्त्य गरी सुशासन दिएपछि मुलुक समृद्धिको यात्रामा अघि बढ्ने जिकिर गरे ।

पूर्ण समानुपातिक व्यवस्थापिका संसद् र प्रदेश सभाले राम्रा ऐन कानुन बनाउने र आवश्यक पर्दा सरकारलाई पनि नियमन र नियन्त्रण गर्ने उनको विचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?