+
+
Shares

संसदमा जवाफ दिन तयार भएनन् प्रधानमन्त्री, छलफलमा सभामुख

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते ११:२४

१५ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली विपक्षीले माग गरे अनुसार संसदमा जवाफका लागि तयार भएका छैनन् ।

सभामुख देवराज घिमिरेको सचिवलयका अनुसार प्रधानमन्त्रीले जवाफका लागि तयार रहेको सूचना दिएका छैनन् । उनको सचिवालयले भनेको छ, ‘अहिलेसम्म प्रधानमन्त्रीले जवाफ दिने सूचना छैन ।’

विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै आएका छन् । प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने उनीहरूको अडान छ ।

संसदको अवरोध खुलाउन सभामुख घिमिरेले भन पहल जारी राखेका छन् । सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् ।

छलफल नयाँ वानेश्वरस्थित संसद भवनमा जारी छ ।

छलफलमा सभामुख घिमिरे, उपसभामुख इन्दिरा राना, एमालेका कुख्य सचेतक महेश बर्तौला, कांग्रेसकी सचेतक शुशिला थिङ रहेका छन् । विपक्षी दलहरूको तर्फबाट माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायत उपस्थित रहेका छन् ।

कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्री ओली जवाफ दिन तयार नहुँदा केही दिन देखि सदनको कामकारबाही प्रभावित हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?