+

दिल्लीमाथि नेपाली यू-१९ टोलीको सिरिज ‘क्लिन स्वीप’

२०८१ चैत  १६ गते १७:३१ २०८१ चैत १६ गते १७:३१
दिल्लीमाथि नेपाली यू-१९ टोलीको सिरिज ‘क्लिन स्वीप’

१६ चैत, काठमाडौं । नेपाली यू-१९ क्रिकेट टोलीले दिल्ली यू-१९ टोलीसँगको अभ्यास खेलको सिरिज क्लिन स्वीप गरेको छ । शनिबार भएको अन्तिम खेलमा पनि जित निकाल्दै नेपालले ३-० ले शृंखला जितेको हो ।

नेपालले दिल्लीलाई शनिबार ५१ रनले हरायो । नेपालले दिएको १२३ रनको लक्ष्य पछ्याएको दिल्ली १७ ओभरमा ७१ रनमा अलआउट भयो । रौनक वागेलाले सर्वाधिक १७ रन बनाए ।

नेपालका दयानन्द मन्डलले ४ विकेट लिए । बिपिन प्रसाद शर्माले २ तथा नितिश पटेलले १ विकेट लिए ।

त्यसअघि नेपालले ३९.४ ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो । रोशन विश्वकर्मा र युवराज खत्रीले समान १८ रन बनाए । साहिल पटेल र दिल्साद अलीले समान १७ रन बनाए ।

यसअघि नेपालले पहिलो खेलमा ५ विकेट र दोस्रो खेलमा १०२ रनको जित निकालेको थियो ।

अप्रिलमा नेपालमै हुने आईसीसी यू-१९ विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीस्वरूप शृंखला आयोजित गरिएको थियो ।

नेपाली यू-१९ क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय