
१७ चैत, काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदको गतिरोध अन्त्यका लागि पहल जारी राखेका छन् ।
विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रश्न उठाउँदै आएका छन् । यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने उनीहरूको माग छ ।
प्रधानमन्त्री ओलीले सोमबार संसदलाई सम्बोधन गर्ने सूचना दिएका छन् । तर, विपक्षी दलहरू प्रधानमन्त्रीको जवाफ नसुनेसम्म सदन नखोल्ने अडानमा छन ।
आइतबार बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने तय भएको थियो । तर, सदन सहज ढंगले चल्ने नभएपछि वातावरण सहज बनाउन सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4