
१७ चैत, काठमाडौं । गणतन्त्र पक्षधर दलहरूले पछिल्लो समय जति पनि राजतन्त्रका पक्षमा भएका गतिविधिहरूको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह नै भएको निष्कर्ष निकालेको छ ।
आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको गणतन्त्र पक्षधरहरूको बैठकबाट सबै दलहरू पूर्वराजा शाहकै कारण यस्ता गतिविधि बढेको निष्कर्षमा पुगेको गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।
‘संघीय लोकतन्त्रिक शासन व्यवस्था उल्ट्याउने, नेपालको संविधानलाई नै समाप्त गर्ने जति गतिविधि भएका छन्,’ शाहले भने, ‘यो सबैको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र नै हुन् भन्नेमा सबै दलहरूको एकमत रहेको छ ।’
साथै, यस्ता गतिविधि सैह्य नहुने पनि दलहरूको निष्कर्ष रहेको लेखकले बताए । ‘गणतन्त्र र संविधानका विरोधमा गरिने कुनै गतिविधि सैह्य हुने छैन,’ उनले भनेका छन् ।
गत चैत १५ गते तीनकुनेमा भएको घटनालाई दलहरूले ‘अमानवीय, बर्बरतापूर्वक, निर्मम प्रकृतिको’ भएको बताएका छन् ।
‘तीनकुनेमा भएको अमानवीय, बर्बरतापूर्वक, निर्मम प्रकृतिको कुनै पनि घटनाक्रम भएका छन् । ती गम्भीर छन्,’ उनले भने ।
प्रतिक्रिया 4