२० चैत, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेटमा आज एक खेल हुँदैछ । आज रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटान्स आमनेसामने हुँदै छन् ।
बेंगलुरुस्थित एम चिन्नास्वामी रंगशालामा खेल बेलुकी पौने ८ बजेदेखि सुरु हुनेछ । बेंगलुरुको कप्तानमा रजत पाटिदार छन् भने गुजरातको कप्तानी शुभमन गिलले गर्ने छन् ।
बेंगलुरु हालसम्म अपराजित ३ टिममध्ये एक हो । सुरुवाती २ खेलमा नै जित निकालेको बेंगलुरुका लागि आज घरेलु मैदानमा जित निकाल्दै लगातार तेस्रो जित दर्ता गर्ने अवसर रहनेछ ।
बेंगलुरुले पहिलो खेलमा कोलकाता नाइट राइडर्स तथा दोस्रो खेलमा चेन्नई सुपर किङ्सलाई हराएको थियो ।
यता गुजरात पहिलो खेलमा पञ्जाब किङ्ससँग पराजित भएपछि दोस्रो खेलमा मुम्बई इन्डियन्सलाई हराएको थियो । आज बेंगलुरुको अपराजित यात्रा रोक्दै दोस्रो जित निकाल्ने लक्ष्यमा गुजरात पनि हुनेछ ।
अंकतालिकामा हाल बेंगलुरु ४ अंकसहित शीर्षस्थानमा छ भने २ अंक भएको गुजरात चौथो स्थानमा छ ।
दुई टोलीबीच हालसम्म भएका खेलमा बेंगलुरुले ३ जित निकाल्दा गुजरातले २ जित निकालेको छ ।
 
                    










 २०८१ चैत  २० गते ७:५९
                        २०८१ चैत  २० गते ७:५९                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4