 
																			२२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पक्राउअघि एक भिडियो सन्देश जारी गर्दै आफ्नो गिरफ्तारी प्रक्रियाप्रति गम्भीर आशंका व्यक्त गरेका छन्।
पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले आफूले अदालतको आदेशलाई मान्ने स्पष्ट संकेत गरे पनि प्रहरी बिना कुनै पूर्जी र कागजात आफ्नो घरभित्र छिरेको आरोप लगाए।
‘मेरो घरभित्र प्रहरी छिरेको छ, बेडरूमसम्म आएको छ। तर, मलाई कुनै कागज दिइएको छैन। यसरी बिना कुनै कारण प्रहरी तैनाथ हुनु, यो सबैचीजले ठूलो आशंका सिर्जना गरेको छ,’ उनले भने।
लामिछानेले आफू न्यायको पक्षमा रहेको र कानुनी प्रक्रिया पूरा गर्न तयार रहेको उल्लेख गर्दै भने, ‘न्यायको लडाइँ म अन्तिम सास रहुञ्जेल लडिरहन्छु। कुनै अपराध नगरेको भए पनि मलाई संसारकै सबैभन्दा ठूलो अपराधी जसरी व्यवहार गरिएको छ।’
लामिछानेले आफूलाई राज्य आतंकको सिकार बनाइएको दाबी गर्दै चितवनका कार्यकर्तालाई शनिबारको कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन्।
साथै, उनले ‘मतपत्रमा घण्टी चुनाव चिह्न रहनेछ’ भन्दै आफ्नो राजनीतिक संघर्ष जारी रहने संकेत पनि गरे।
 
                









 
             
                             
                        
                     
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4