+

नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग मन्त्री पौडेलको आग्रह

२०८१ चैत  २६ गते १४:५० २०८१ चैत २६ गते १४:५०
नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग मन्त्री पौडेलको आग्रह

२६ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य सेवा सबल बनाउनका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित जनसंख्या तथा विकास आयोगको ५८औँ शत्रमा सम्बोधन गर्नै मन्त्री पौडेलले सहायताका लागि आह्वान गरेका हुन् ।

सत्रलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालले पछिल्ला तीन दशकमा मातृ तथा सुत्केरीसँग सम्बन्धित मृत्युमा महत्वपूर्ण प्रगति हासिल गरेको अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराए । परिवार नियोजनका साधनको प्रयोगमा वृद्धि, प्रजनन क्षमता र किशोरावस्थाको जन्मदरमा कमी तथा बालविवाह घटाउन नेपाल सफल भएको उनले बताए ।

‘नेपाल आफ्नो स्वास्थ्य प्रणाली सबल बनाएर हरेक नागरिकलाई स्वस्थ्य सुविधा प्रदान गर्न प्रतिवद्ध छ’ मन्त्री पौडेलले भने, ‘तर यो हामी एक्लैले मात्र गर्न सम्भव छैन।’ अन्तर्राष्ट्रिय सहकार्य र ऐक्यबद्धताबाट मात्र यी कार्य सम्भव भएको उनले बताए ।

स्वास्थ्य क्षेत्रमा सीमित बजेट रहेको र नेपालको प्रतिव्यक्ति स्वास्थ्य खर्च विश्वव्यापी दरका तुलनामा कम भएको मन्त्री पौडेले सुनाए । ग्रामीण क्षेत्रमा पर्याप्त पूर्वाधार विकास तथा स्वास्थ्य संस्थाको कमी हुँदा नेपालीले स्वास्थ्य पहुँचमा कठिनाइ भोग्नुपरेको उनको भनाइ छ ।

जलवायु परिवर्तनका कारण समेत नेपालको स्वास्थ्य क्षेत्रले समस्या बेहोर्नु परिरहेको उल्लेख गर्दै मन्त्री पौडेलले भने, ‘जलवायु परिवर्तन र प्राकृतिक प्रकोप बढ्दै जाँदा आपतकालीन अवस्थाको सामना गर्ने स्वास्थ्य प्रणालीको लचिलोपनलाई पहिले भन्दा बढी बलियो पार्न जरुरी छ।’

तर विकास सहायतामा कमीका कारण नेपालजस्ता देशले चुनौतीको सामना गर्नु परिरहेको उनले बताए । यो समस्या सम्बोधन गर्नका लागि हामी नेपाललाई विकास सहायता वृद्धिका लागि उनले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे ।

स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचका लागि यो यस खालको सहायता जरुरी रहेको मन्त्री पौडेलले बताए । निजी क्षेत्रले समेत स्वस्थ्यमा लगानी वृद्धि गर्नु जरुरी रहेकोमा मन्त्री पौडेलले जोड दिए।

मन्त्री पौडेल आजबाट पाँच दिनसम्म चल्ने सत्रमा नेपालको नेतृत्व गर्दै सहभागी छन् ।

न्यूयोर्कमा रहेका बेला मन्त्री पौडेलले त्यहाँ रहेका नेपाली समुदायसँग स्वास्थ्य सेवा सुधारका लागि सुझाव संकलन गर्ने कार्यक्रम रहेको न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका प्रमुख राजदुत लोकबहादुर थापाले जानकारी दिए।

प्रदीप पौडेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय