+
+
Shares
ढोडा मुखिया हत्या प्रकरण :

१७ वर्षपछि लोकनाथ पक्राउ, भारतमा १० वर्षदेखि रामजानकी मन्दिरको पुजारी

विनको हत्यापछि साह भारतको चम्पारण पिपरियामा रहेको रामजानकी मन्दिरमा पुजारीको रूपमा १० वर्षदेखि साधुको भेषमा लुकिछिपी बस्दै आएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २६ गते १५:३५

२६ चैत, काठमाडौं । व्यक्ति हत्यामा सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका एक व्यक्ति १७ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको विन्दबासिनी गाउँपालिका-२ का ६२ वर्षीय लोकनाथ साह तेली रहेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार तेलीले जग्गा विवादमा साविक बहुअर्वाभा गाविस-५ का ढोडा मुखिया विनलाई २५ वैशाख २०६४ मा गोली प्रहार गरी हत्या गरेका थिए ।

विनलाई जग्गा विवाद विषयमा छलफल गर्न बोलाएर गोली हानी हत्या गरी फरार भएका थिए ।

२४ कात्तिक २०६९ को सर्वोच्च अदालतको फैसलाले साहलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) बमोजिम सर्वस्वसहित जन्म कैदको सजाए सुनाएको थियो ।

विनको हत्यापछि साह भारतको चम्पारण पिपरियामा रहेको रामजानकी मन्दिरमा पुजारीको रूपमा १० वर्षदेखि साधुको भेषमा लुकिछिपी बस्दै आएका थिए ।

वीरगञ्जबाट सोमबार साधुको भेषमा पक्राउ परेका साहलाई फैसला कार्यान्वयनका लागि आज मंगलबार जिल्ला अदालतमा पेस गरिएको ब्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?