२७ चैत, काठमाडौं । राष्ट्रिय सभाअन्तर्गको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बिहीबार पुरातत्व विभागको भ्रमण गर्ने भएको छ ।
बुधवार सिंहदरबारमा बसेको समिति बैठकमा समिति सचिव सञ्जय दाहालले बिहीवार समितिले पुरातत्व विभागको भ्रमण गर्ने निर्णय गरेको जानकारी दिए ।
बिहीवार बिहान ११ बजे विभागको भ्रमण गर्ने र सम्पदा संरक्षणको विषय विभागका पदाधिकारीहरूसँग छलफल गरिने दाहालले जानकारी दिए ।
बैठकले समितिको वार्षिक कार्यतालिकाको समेत समीक्षा गरेको छ । समीक्षामा सहभागी सांसदहरूले समितिले गरेका निर्णय र उपसमितिका प्रतिवेदनहरू अभिलेखको रूपमा नराखिएकोमा समिति सभापतिको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया 4