+

स्वास्थ्य क्षेत्र सुधारमा सक्रिय रहेको भन्दै अमेरिकाबासी नेपालीले गरे स्वास्थ्य मन्त्री पौडेलको प्रशंसा

२०८१ चैत  २८ गते १७:२२ २०८१ चैत २८ गते १७:२२
स्वास्थ्य क्षेत्र सुधारमा सक्रिय रहेको भन्दै अमेरिकाबासी नेपालीले गरे स्वास्थ्य मन्त्री पौडेलको प्रशंसा

अमेरिकाको न्यूयोर्कमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले त्यहाँ बस्ने नेपालीहरूसँग अर्न्तक्रिया तथा छलफल गरेका छन् । नेपाली जनसम्पर्क समिति अमेरिका तथा जीपी कोइराला फाउण्डेसनले गरेको कार्यक्रममा मन्त्री पौडेल सहभागी भएका थिए ।

दुवै कार्यक्रममा बोल्ने वक्ताले मन्त्री पौडेल नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि सक्रिय रहेको भन्दै प्रशंसा गरेका थिए । नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले मन्त्री पौडेलबाट सकारात्मक प्रयास भइरहेको भन्दै विपन्न नागरिकलक्षित थप सुधार कार्यक्रम आउने अपेक्षा गरिएको बताए ।

गैरआवासीय नेपाली संघ अमेरिकाका पूर्व अध्यक्ष डा. केशव पौडेलले असल उद्देश्य राखेर मन्त्री पौडेलको नेतृत्वमा सुधार अघि बढिरहेको बताए ।

कार्यान्वयन प्रभावकारी बनाउन सकिए स्वास्थ्य बीमा तथा अस्पतालको सेवा हुने आशा उनले व्यक्त गरे ।

मन्त्री प्रदीप पौडेलले अमेरिकामा रहेका नेपालीहरू समाजका लागि उदाहरणीय बन्नुपर्नेमा जोड दिए । उनले नेपालको स्वास्थ्य सुधारमा डायस्पोरा र खासगरी अमेरिकी नेपाली समुदायबाट विशेष साथको अपेक्षा गरेको बताए ।

संयुक्त राष्ट्रसंघको जनसंख्या तथा विकास आयोगको ५८औं शत्रमा सहभागी हुन न्यूयोर्क पुगेका मन्त्री पौडेलले आसन्न बजेटका सन्दर्भमा सुझावका लागि नेपाली स्थायी नियोगले आयोजना गरेको कार्यक्रममा समेत सहभागीता जनाए ।

स्वास्थ्य मन्त्री
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय