काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ मा शुक्रबार धनगढी एफसी अहमद हिजाजीले ह्याट्रिक गरे । हिजाजीको ह्याट्रिकमा दुई पटकको उपविजेता धनगढीले पहिलो संस्करणको काठमाडै रेजर्समाथि ३-१ को पुनरागमन जित निकाल्यो ।
यो जितले धनगढीलाई शीर्ष स्थानमा पुर्याउँदा काठमाडौं रेजर्सको प्लेअफ यात्रा कठिन बनेको छ ।
राजधानीको दुई दिन परेको पानीपछि चिसो मौसममा दुई हेभिवेट टिमबीचको भिडन्तले दशरथ रंगशालाको माहोल तात्यो । त्यसमा हिजाजीले यस सिजनकै पहिलो ह्याट्रिक गरेर माहोल अझ ततायो । त्यति मात्र होइन हिजाजीले १० मिनेटभित्रै ह्याट्रिक गरे ।
एनएसएलमा यो केबल तेस्रो ह्याट्रिक हो । पहिलो सिजन काठमाडौं रेजर्सका मेसुके ओलोमोउ र दोस्रो सिजन वीरगंज युनाइटेडका विलियम ओपोपकुले ह्याट्रिक गरेका थिए ।
यस्तै यस सिजन ह्याट्रिकसहित कूल ५ गोल गरेका हिजाजी एनएसएल इतिहासमै ९ गोल गर्दै सर्वाधिक गोलकर्ता समेत बनेका छन् । उनले ८ गोल गरेका मेसुके ओलोमोउ र धनगढीकै टिममेट आफिज ओलवालेलाई पछि पारे ।
यो खेलमा गोल गर्ने कीर्तिमान बनाउनेहरुको धेरै चर्चा भयो र हुँदै पनि गर्छ ।
तर यस खेलको कथा बदल्ने र धनगढीलाई मोमेन्टम दिने क्षण भने गोलकिपर वादिल बिराउको सेभ थियो ।
खेलको सुरुवात देखि नै दुवै टिम अट्याकिङ शैलीमा खेलिरहेका थिए । काठमाडौंले लगातार जसो आक्रमण पनि गरिरहेको थियो । र २२औं मिनेटमा काठमाडौंले पहिले गोल गर्यो । जिलेस्पी जंगले बायाँ साइडबाट दिएको क्रसमा बुया टुरेले बक्सबाट मिलाएको पासमा अमादोउ डिओपले गोल गरेका थिए ।
गोल गरेपछि काठमाडौं अग्रता बढाउनतिर लागिरहेको थियो । खेलको ३२औं मिनेटमा एउटा गज्जबको मोमेन्ट देखियो । काठमाडौंको भनिसेन्ट कोजिएकोलेको प्रहार धनगढीका गोलकिपर वादिलले सानदार ढंगले सेभ गरे । उनले एक हातले फ्लाइङ सेभ गरेका थिए । काठमाडौंका डगआउट त्यो सेभबाट अचम्ममा परेका थिए । यदी त्यो गोलमा परिणत भएको भए काठमाडौंले दुई गोलको अग्रता लिने थियो र खेलको कथा अर्कै हुन सक्थ्यो ।
त्यो गोल हुनबान रोकेपछि धनगढी आक्रमण गर्न थाल्यो । हिजाजीले ३३औं मिनेटमा राम्रो अवसर पाएपनि गोल गर्न सकेनन् । तर त्यसपछि भने हिजाजी चम्किए । हिजाजीले ३५औं मिनेटमा गोल गर्दै धनगढीलाई खेलमा फर्काए । त्यसपछि के भयो त्यो सबै इतिहास नै बनिसकेको छ । हिजाजीले ४१औं र पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै ह्याट्रिक पूरा गरे । दोस्रो हाफमा गोल भए । धनगढीले पुनरागमन जित निकाल्यो ।
तर गोलकिपर वालिदको त्यो सेभ भने अझै चर्चा गर्न लायक विषय बनेको छ ।
कतिसम्म भने खेलपछि पोष्ट म्याच कन्फ्रेन्समा आएका काठमाडौं रेजर्सका प्रशिक्षक प्याट्रिक डि वाइल्डले त्यो सेभले खेलको माहोल बदलेको बताए ।
‘हामीले सुरुको ३० मिनेट राम्रो खेल्यो । तर गोलकिपरको त्यो सेभ मिराकल नै रह्यो ।’ प्याट्रिकले भने । ‘हामीले २-० वा ३-० को अग्रता लिन सकेको भए ३० मिनेट भित्रै गेम किल हुन्थयो । तर गोलकिपरले राम्रो गरे । हाम्रो विपक्षमा सधैँ गोलकिपरहरुले उत्कृष्ट प्रदर्शन गरिरहेका हुन्छन् ।’
वालिदको बचाउ पनि त्यस्तै किसिमको थियो । फेरि रिप्ले गरेर हेरौँ जस्तै । जारी एनएसएलकै उत्कृष्ट सेभ मध्ये वालिदको सेभ पनि एक मा पर्छ ।
सुरुवाती अग्रता लिएपनि त्यसपछि अवसरलाई सदुपयोग गर्न नसकेको प्रशिक्षक प्याट्रिकले बताए ।
बराबरी गोल खाएपछि खेलाडीहरु निराश भएको र त्यसपछि डिफेन्सको गल्तीमा गोल खाएको उनको भनाई थियो । ‘तीन वटा ट्याक्टिबल डिफेन्सिभ मिस्टेक भयो ।’
प्रशिक्षक प्याट्रिकले सुरुवाती तीन मिनेटमै गोल थप्न सकेको भए खेलको कथा अर्कै हुन सक्ने बताए । यस्तै उनले काठमाडौंका अट्याकरहरुले ९-१० अवसर पाएपनि गोल गर्न नसकेको बताए ।
प्याट्रिकले एक खेल बाँकी भएपनि प्लेअफ पुग्नेमा अझै आशावादी रहेको र चितवन विरुद्धको अन्तिम खेलमा जितको विकल्प नभएको बताए ।
यस्तै कठिन प्रतिद्वन्दी काठमाडौंलाई हराएपछि धनगढीका स्पानिस प्रशिक्षह जुवान मानुएल मार्टिनेज खुशी देखिन्थे । ‘ठूलो टिम विरुद्ध ठसलो जित हात पार्दा खुशी लाग्छ ।’ उनले भने ।
उनले खेलको हिरो भने ह्याट्रिककर्ता हिजाजी रहेको बताए ।
काठमाडौंको अट्याकहरु राम्रो रहेकोले त्यही अनुसार योजनामा बनाएर मैदान उत्रेको र त्यसमा सफल भएको प्रशिक्षक मार्टिनेजले बताए ।
मार्टिनेजले आफू काठमाडौं रेजर्सको प्रदर्शनबाट प्रभावित भएको र काठमाडौंको फ्यान भएको समेत बताए । यस्तै उनले काठमाडौंलाई अर्को चरणमा देख्न चाहेको समेत सुनाए ।
तस्बिर : एनएसएल
प्रतिक्रिया 4