+

नेपाली उद्योगको औषधि विक्री २० प्रतिशतले वृद्धि, गत आर्थिक वर्षको ‘सेल्स’ ३५.२ अर्ब

२०८२ वैशाख  ७ गते ११:५८ २०८२ वैशाख ७ गते ११:५८
नेपाली उद्योगको औषधि विक्री २० प्रतिशतले वृद्धि, गत आर्थिक वर्षको ‘सेल्स’ ३५.२ अर्ब

६ वैशाख, काठमाडौं । नेपालमा पछिल्ला वर्ष औषधिको व्यापारमा वृद्धि भएको छ । नेपाल औषधि उत्पादक संघ(एपोन)ले सार्वजनिक गरेको सेल्डडाटा अनुसार अघिल्लो आर्थिक वर्षमा औषधिको विक्री २० प्रतिशत बढेको देखिएको छ ।

एपोनले शुक्रबार आर्थिक वर्ष २०८०/२०८१ को सेल्ड डाटा सार्वजनिक गरेको थियो । जसनुसार उक्त आर्थिक वर्षमा मा ३५.२ अर्बको औषधि उद्योगहरूले विक्री गरेका छन् ।

यो विक्री एपोनको सदस्य रहेका ७६ मध्ये ६७ औषधि उद्योग रहेको एपोनका उपाध्यक्ष सन्तोष बरालले जानकारी दिए । ११ उद्योग भने यो अवधिमा औषधिको कारोबार गरेका छैनन् ।

बरालका अनुसार आर्थिक वर्ष २०७९/२०८० मा २९.३६ अर्बको औषधि विक्री भएको थियो । दुई आर्थिक वर्षको तुलना गर्दा आर्थिक वर्ष २०८०/२०८१ को विक्रीमा १९.८९ प्रतिशत ग्रोथ देखिएको हो।

पछिल्ला ३० महिनामा नेपालमा कुनै नयाँ औषधि कम्पनी स्थापना नभएको उपाध्यक्ष बरालले बताए । पुराना र नयाँ कम्पनीको ग्रोथमा भने धेरै भिन्नता रहेको एपोनले सार्वजनिक गरेको तथ्यांकमा देखिएको छ । २० प्रतिशत ग्रोथमा नयाँ कम्पनीको ग्रोथ १७ प्रतिशत र पुराना कम्पनीको ग्रोथ ३ प्रतिशत रहेको बरालले जानकारी दिए ।

सार्वजनिक गरिएको आँकडाअनुसार नेपाली औषधि उद्योगको सेल्स कम्तिमा ६ करोडदेखि धेरैमा ३५० करोडसम्म रहेको छ । ४५ उद्योगले १५ करोड भन्दा कमको औषधि विक्री गरेका छन् भने । ६ उद्योगले १०० करोड भन्दा बढी विक्री गर्दा २५० करोड भन्दा बढी औषधि विक्री गर्ने उद्योग ५ रहेका छन् ।

एपोनले हरेक वर्षको औषधि सेल्सको तथ्यांक सार्वजनिक गर्ने गरेको छ । नेपाली उद्योगका औषधि नेपालबाहेक विभिन्न एसियाली, अफ्रिकी र दक्षिण अमेरिकी देशमा समेत जाने उपाध्यक्ष बरालले बताए ।

 

 

 

 

 

 

 

औषधि विक्री
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय