+
+
Shares

समीर भट्टको जन्मदिनमा ‘बलिदान’को एक्सनप्रधान टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १७ गते १२:३०

काठमाडौं । दशैंको फूलपातिमा प्रदर्शन तयारीमा रहेका फिल्म ‘बलिदान’को टिजर युट्युबमा सार्वजनिक भएको छ । अभिनेता समीर भट्टको जन्मदिनको अवसरमा निर्माताले बुधबार टिजर ल्याएका हुन् ।

यो एक्सनप्रधान टिजरले फिल्मको मुख्य पात्रको चरित्र स्थापना, कथावस्तु र मनोविज्ञान चित्रणको प्रयत्न गरेको छ । दमदार एक्सनका दृश्यसहित देशभक्तिपूर्ण भावनाले भरिएको न्यारेसन सुन्न सकिन्छ ।

भनिएको छ- ‘देशको चिन्ता । माटोले खोज्दै छ जसलाई, जन्माइन आमाले उसलाई । रगत उम्लियो जसको । आमाको पिर, यो देशको शिर, कहिल्यै झुक्न नदिने सपुत हुँ म ।’ भिडियोको अन्त्यमा भट्टको आक्रोशपूर्ण चिच्याहटले दृश्यलाई अझ प्रभावशाली बनाएको छ ।

निर्देशक सन्तोष सेनले समीरमा कलाकारिता र अभिनयका सबै गुण भरिएको बताए । ‘बलिदान’ले ती सबै पक्ष उजागर गरेको छ’ सेनलेभने । सेनले टिजरलाई श्रृखंलाबद्धरुपमा प्रस्तुत गरिने बताए ।

२०८१ सालमा रिलिज भएको एक्सन फिल्म ‘१२ गाउँ’बाट घरेलु फिल्ममा डेब्यु गरेका समीरको दोस्रो यो फिल्म प्रतीक्षित छ ।

फिल्ममा सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीको पनि अभिनय छ । आसुसेन फिल्म्स् प्रालिको प्रस्तुति रहेको फिल्मका नर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?