 
																			काठमाडौं । मिलन चाम्स निर्देशित फिल्म ‘अञ्जिला’ले शुक्रबार प्रदर्शनको ५१ दिन पुरा गर्दैछ । २०८१ सालको यो सुपरहिट फिल्म अहिले पनि ४० भन्दा धेरै शोसहित प्रदर्शनरत छ ।
फिल्मले बुधबारसम्म सरकारको आधिकारिक बक्सअफिसमा ८ करोड ६५ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । अहिलेको कमाइको ट्रेन्ड हेर्दा फिल्मले ५१ दिनसम्म पनि यही अंक आसपासमा कमाइ गर्नेछ ।
महिला फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवनकथामा आधारित यो फिल्ममा एन्जिलासहित दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ लगायतको अभिनय छ ।
निर्माताले सशष्त्र प्रहरी बल (एपीएफ)को परिसरमा कार्यक्रम गर्दै फिल्मको ५१ दिन मनाउने तयारी गरेका छन् । यो फिल्मको कमाइबाट एन्जिलाको घर निर्माणमा पनि काम गर्ने निर्माताको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4