+
+
Shares

मेडिकल कलेजले धम्की दिएको भन्दै आवासीय चिकित्सकले गुहारे स्वास्थ्यमन्त्री

आवासीय चिकित्सकले ससम्मान निजी मेडिकल कलेजमा फर्किन पाउने वातावरण बनाइदिन माग गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १९ गते १२:१८

१९ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र आवासीय चिकित्सकका प्रतिनिधिहरुबीच वार्ता छलफल भइरहेको छ ।

मन्त्रीसँग छलफल गर्न नेपाल चिकित्सक संघका पदाधिकारीसहित आवासीय चिकित्सकका प्रतिनिधिहरु मन्त्रालय पुगेका हुन् ।

सरकारी सरह भत्ता माग गर्दै आवासीय चिकित्सकहरु आन्दोलनमा छन् । उनीहरुलाई नेपाल चिकित्सक संघले पनि साथ दिएको छ ।

सरकारले निजी मेडिकल कलेजहरुलाई आवासीय चिकित्सकसरह भत्ता दिन निर्देशन दिए पनि कार्यान्वयन नभएपछि आवासीय चिकित्सकहरु आन्दोलनमा छन् ।

केही दिनअघि मन्त्रिपरिषद बैठकले मेडिकल कलेजमा एमबीबीएसको कोटा बढाउने र आवासीय चिकित्सकहरुलाई सरकारी सरह निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो ।

तर केही मेडिकल कलेज सञ्चालकले आवासीय चिकित्सकले माफी माग्नुपर्ने भनेर धम्की दिइरहेको र कलेजमा जान पनि रोकेको नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिल कार्कीले बताए ।

सोही गुनासोसहित आवासीय चिकित्सक र नेपाल चिकित्सक संघको टोली स्वास्थ्यमन्त्री पौडेलकहाँ पुगेको हो । टोलीका सदस्यहरुले ससम्मान कलेज फर्किन पाउने वातावरण सरकारले बनाइदिनुपर्ने माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?