+
+
Shares

परोपकार पुलमुनि एक व्यक्तिको हत्या, ओरोपी पक्राउ

व्यक्तिगत रिसइबीका कारण श्रेष्ठले तामाङलाई चक्कु प्रहार गरी हत्या गरेको खुलेको अपराध एसपी अंगुर जिसीले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १९ गते १३:३९

१९ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका–२० परोपकार पुलमुनि एक व्यक्तिको हत्या भएको छ ।

हत्या आरोप आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–७ घर भई काठमाडौं डल्लु बस्ने ३२ वर्षीय आशिष श्रेष्ठ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले डल्लुबाट बुधबार पक्राउ गरेको हो ।

उनले १६ वैशाखको दिउँसो साढे ११ बजेतिर चक्कु प्रहार गरी काभ्रेको भुम्लु गाउँपालिका–१० घर भएका ४२ वर्ष जतिका माइला भनिने विक्रम तामाङको हत्या गरेको आरोप छ । चक्कु प्रहारबाट गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको सोही दिन सवा १२ बजेतिर उनको मृत्यु भएको थियो ।

व्यक्तिगत रिसइबीका कारण श्रेष्ठले तामाङलाई चक्कु प्रहार गरी हत्या गरेको खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता अंगुर जिसीले बताए । पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?