+
+
Shares

‘सगरमाथा संवाद’ कार्यक्रम आयोजना गरिने

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १९ गते १६:०२

१९ वैशाख, काठमाडौं । सरकारले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको चुनौतीबारे विश्व समुदायको ध्यानाकर्षण गर्न आगामी जेठ २ देखि ४ सम्म ‘सगरमाथा संवाद’ आयोजना गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसबारे जानकारी दिएका हुन् ।

उक्त संवादमा व्यक्त धारणाका आधारमा जलवायु अनुकूलन र असर न्यूनीकरणका कार्यक्रम लागु गरिने राष्ट्रपति पौडेलले बताएका छन् ।

सन् २०४५ भित्र खुद शून्य कार्बन उत्सर्जन गर्ने देश बन्ने नेपालको प्रतिबद्धता पूरा गर्न दीर्घकालीन रणनीति कार्यान्वयन गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?