+
+
Shares

रवीन्द्र मिश्र अझै कम्तीमा ५ दिन हिरासत रहने

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते २०:०७

२१ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले आइतबार छैटौंपटक म्याद थप गर्दै मिश्रलाई अझै ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

१४ वैशाखमा ७ दिन हिरासतम राखेर अनुसन्धान गर्न भन्दै दिएको म्याद सकिएपछि प्रहरीले फेरि अनुमति मागेको हो ।

तीनकुनेको राजावादी प्रदर्शनका जनकमाण्डर भनिएका दुर्गा प्रसाईंविरुद्ध कर्तव्य ज्यानसहित ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, संगठित अपराध र राजद्रोहको समेत मुद्दा लगाइएको छ ।

मिश्रलाई भने राजद्रोह र संगठित अपराधको मुद्दा चलगाइएको छ । मिश्र १५ चैतमै पक्राउ परेका थिए भने प्रसाईंलाई प्रहरीले भारतबाट पक्राउ गरेर ल्याएको थियो ।

मिश्रसँगै पक्राउ परेका सांसद् धवलशमशेर राणा प्रहरीले स्वास्थ्यलाई कारण देखाउँदै दुई साताअघि छाडेको थियो । छुटेका धवलशमशेर राप्रपाको एक कार्यक्रममा समेत देखिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?