+
+
Shares

शिव सेना नेपालका अध्यक्ष बस्नेतविरुद्ध २ दिन म्याद थप

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २९ गते ९:५४

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • अनिल बस्नेतलाई तीनकुने हिंसात्मक आन्दोलनमा संलग्न भएको आरोपमा पक्राउ गरी थप २ दिनको म्याद थपिएको छ।
  • उनीविरुद्ध आपराधिक उपद्रवको कसुरमा अनुसन्धान भइरहेको छ र अन्य कसुर पनि खुल्ने सम्भावना रहेको छ।
  • १५ चैतमा भएको आगजनी र तोडफोडमा उनी संलग्न रहेको प्रहरीले जनाएको छ।

२९ वैशाख, काठमाडौं । तीनकुने घटनामा भएको राजावादी हिंसात्मक आन्दोलनमा संलग्न भएको आरोपमा पक्राउ परेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतविरुद्ध २ दिनको म्याद थप भएको छ ।

आइतबार सुकेधाराबाट पक्राउ परेका उनीविरुद्ध २ दिनको म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपील राज बोहराले बताए । मोरङको विराटनगर महानगरपालिका-३ घर भएका ४७ वर्षीय अनिल बाबा भनिने बस्नेतविरुद्ध म्याद मिलान गर्दै अदालतले २ दिनको म्याद दिएको हो ।

उनीविरुद्ध आपराधिक उपद्रवको कसुरमा अनुसन्धान अघि बढाइएको छ । अनुसन्धान गर्दै अन्य कसुर खुलेको अवस्थामा उक्त कसुर पनि आकर्षित हुने बताइएको छ ।

१५ चैतमा भएको तीनकुने क्षेत्रमा भएको आगजनी र तोडफोडमा उनी संलग्न रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?