+
+
Shares

जनकपुरको रेलबारे गीत लेख्न कलाकारलाई प्रधानमन्त्रीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते १७:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारहरूलाई जनकपुरको रेलको गीत लेख्न आग्रह गरे।
  • उनले रंगशाला र छायांकन स्टुडियोको निर्माणको घोषणा गर्दै कलाकार र फिल्म उद्योगलाई प्रोत्साहन गरे।
  • प्रधानमन्त्रीले धुर्मुस सुन्तलीको रंगशाला र नयाँ इन्डोर स्टुडियोको विकासको चर्चा गरे।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार सरकारी निवास बालुवाटारमा कलाकारमाझ सुनिए । ‘सिनेपाः’ छायांकन स्टुडियोको निर्माण सुरु भएको घोषणा गर्न आयोजित समारोहमा उनले फिल्म, संगीत र कलाकारबारे चर्चा गरे ।

उनले मन्तव्यको क्रममा रेलको प्रसंग निकाले । उनले रेलबारे कुरा गर्दा कलाकार दीर्घाबाट हाँसो गुञ्जियो । नेपालको लागि रेल नयाँ कुरा नभएको बताउँदै उनले आफूले गरेको काम किन नदेख्ने भन्दै कलाकारलाई जनकपुरको रेलको गीत लेख्न आग्रह गरे ।

दार्जिलिङको रेलबारे धेरै गीत लेखिएको बताउँदै उनले जनकपुरको रेलबारे पनि गीत लेख्न आग्रह गरे । ‘हामी आफूले गरेको काम किन नदेख्ने’ उनले भने, ‘अब जनकपुरको रेलबारे पनि गीत लेख्नुहोस् ।’

उनले धुर्मुस सुन्तलीको पनि प्रसंग निकाल्दै सुरुमा आफूले रंगशाला नबनाऊ नानीबाबु भनेको तर नमानेको बताए । तर, धुर्मुस सुन्तली रंगशाला बन्ने र धुर्मुस सुन्तलीले दुःखबाट मुक्त पाउने उनले बताए ।

सो अवसरमा प्रधानमन्त्रीले काभ्रेको बनेपा नगरपालिका १० र १३ मा बन्न लागेको अत्याधुनिक इन्डोर छायांकन स्टुडियो निर्माण सुरु भएको घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?