+
+
Shares

सिद्धार्थ बैंकले सुरु गर्‍यो ‘अनलाइन पेमेन्ट गेटवे’ सेवा, कार्डमार्फत सहजै भुक्तानी

पेमेन्ट गेटवे प्रयोगले आधुनिक प्रविधि प्रयोग गर्दै कुनै पनि प्रकारको अनलाइन भुक्तानीलाई छिटो, सुरक्षित र विश्वसनीय बनाउने बैंकले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते २१:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिद्धार्थ बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडको सहकार्यमा नयाँ अनलाइन पेमेन्ट गेटवे सुरु गरेको छ, जसले व्यवसायीहरूलाई सजिलै अनलाइन भुक्तानी लिन मद्दत गर्दछ।
  • यस सेवाले ई–कमर्स, विद्यालय, अस्पताल, होटल र गैरसरकारी संस्थाहरूलाई देश र विदेशबाट भुक्तानी सजिलै गर्न सक्ने सुविधा प्रदान गर्दछ।
  • गेटवे प्रयोगले भुक्तानी प्रक्रिया छिटो, सुरक्षित र आधुनिक प्रविधि प्रयोग गरी विश्वसनीय बनाएको छ, जसले व्यवसायिक दृष्टिकोणबाट थप सहयोग पुर्‍याउँछ।

३० वैशाख, काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को सहकार्यमा कार्डमा आधारित ‘सिद्धार्थ अनलाइन पेमेन्ट गेटवे’ सेवा सुरु गरेको छ ।

यो सेवाबाट बैंकमा खाता भएका व्यवसायी (मर्चेन्ट) हरूले अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरूबाट जारी भएको भिसा तथा मास्टर कार्डमार्फत नेपाल तथा विदेशमा भएका ग्राहकबाट सजिलै अनलाइन भुक्तानी लिन सक्नेछन् ।

सिद्धार्थ अनलाइन पेमेन्ट गेटवे मार्फत अब ई–कमर्स कारोबार गर्ने विद्यालय, अस्पताल, होटल, ट्राभल एजेन्सी, गैरसरकारी संस्था लगायतले देश तथा विदेशबाट सहज रूपमा अनलाइन मार्फत भुक्तानी लिन सक्ने बैंकले जनाएको छ ।

यस गेटवेको प्रयोगले भुक्तानी प्रक्रियामा कार्डलाई भौतिक रूपमा प्रस्तुत गर्नुपर्ने झन्झट हटाएको छ । साथै, यस पेमेन्ट गेटवे प्रयोगले आधुनिक प्रविधि प्रयोग गर्दै कुनै पनि प्रकारको अनलाइन भुक्तानीलाई छिटो, सुरक्षित र विश्वसनीय बनाउने बैंकको भनाइ छ ।

सिद्धार्थ अनलाइन पेमेन्ट गेटवेको मुख्य उद्देश्य डिजिटल भुक्तानी प्रणालीलाई सरल, सुरक्षित र सुलभ बनाउने मात्र नभई बैंकका मर्चेन्टहरूलाई व्यापारिक दृष्टिकोणबाट थप सहयोग पुर्‍याउनु पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?